काठमाडौं, १६ साउन । गायिका छिमी मम्बाको ‘तामाङ ठिटी’ले म्हेन्दोमाया गीतका लागि रेकर्ड राख्न सफल भएको छ ।
‘म्हेन्दोमाया गायिका’ को रुपमा आफूलाई चिनाउन सफल छिमीको गीत ‘तामाङ ठिटी’ले तामाङ समुदायमाझ लोकप्रिय भाका म्हेन्दोमायाको अहिलेसम्मकै बढी हेरिएको रेकर्ड तोडेको हो । यस गीतलाई यु–ट्युबमा अपलोड गरिएको केही सातामै २ लाखभन्दा बढी दर्शकले हेरिसकेका छन् । यो भिअर्स म्हेन्दोमाया गीतका लागि नयाँ रेर्कड हो । यस गीतको सफलतासँगै ‘तामाङ ठिटी’ परिवारले एक कार्यक्रमबीच खुसी सोटेका छन् ।
जम्बुलिङ फिल्मस् प्रालिले आयोजना गरेको उक्त कार्यक्रममा पत्रकार, कलाकारलगायतको उपस्थिति थियो । कार्यक्रममा ‘तामाङ ठिटी’ गीतको भिडियोका निर्देशक, कोरियाग्राफर तथा मोडेल राज किङ वाईबा, शब्द र संगीतकार र गायक एवं मोडेल आरम्भ तामाङ र गायिका साथै मोडेल स्वयम् मम्बालाई बधाई एवं सम्मान गरिएको थियो । छिमीको यस एल्बमले प्रथम म्हेन्दोमाया म्युजिक अवार्ड समेत हात पर्न सफल भएको थियो ।