काठमाडौं, १५ साउन । विस्वकर्मा समुदायलाई एकै स्थानमा समेट्दै ‘मिस एण्ड मिस्टर विश्वकर्मा–२०१७’ आयोजना हँुदैछ ।
‘युवापिढीबाटै सकरात्मक समाज परिवर्तन गर्न सम्भव छ’ भन्ने नारासहित परिवर्तन इभेन्ट हाउस प्रालिले यो प्रतियोगिता गर्न लागेको हो ।
यसअघि ‘मिस विश्वकर्मा’ आयोजना भएको थियो । त्यसको सफलतासँगै यसपटकदेखि ‘मिस्टर विश्वकर्मा’ सुरुवात गरेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको पहिलो अडिसन राउण्डमा उपत्यकालगायत विभिन्न स्थानबाट ६० जनाले सहभागी जनाएका थिए । तीमध्येबाट १५ जना युवा र १५ जना युवती छनोट गरिएको छ ।
यस प्रतियोगितामा विश्वकर्मा समुदायभित्रका १०६ थरीलाई नै लक्षित गरिएको जनाइएको छ ।
नेपालमा तथाकथित शोषणमा पारिएका जातियता भित्रको प्रतियोगिता आयोजना गर्न लागिएको जनाउँदै सहयोगीहरु उत्साहित देखिएको जनाइएको छ ।
भदौ पहिलो साताबाट ट्रेनीङ सुरु गरिने र असोज १ गते विश्वकर्मा पुजाको दिन बिजेता घोषणा गरिने ‘मिस एव मिस्टर विश्वकर्मा’ को कोरियोग्राफी संचारकर्मी जयन सुब्बाले गर्दैछिन् ।
यस प्रतियोगिताका संयोजक तथा इभेन्ट म्यानेजर राज बराइलीका अनुसार प्रतियोगिताको मुख्य उदेश्य राजनैतिक र जातियविभेद भन्दामाथि युवा हुनुपर्छ भन्ने सकारात्मक संदेश सम्प्रेषण गर्नु हो ।