काठमाडौं, ११ साउन । गाउने मनोकांक्षा भए कुनै आइडल नै बन्नु पर्दैन । गला र कला छ भने समय बलवान हुन्छ । पवन राईका लागि ठ्याक्कै यस्तै भएको छ ।
‘नेपाल आईडल’ नामको सांगीतिक रियालिटी शोमा सहभागीपछि बाहिरिएका पवनले ‘यहाँ कुनै…’ बोलको गीत रकर्ड गराएका छन् । यससँगै उनले आफ्नो सांगीतिक करिअर श्रीगणेश पनि गरेका छन् । शैलेन चेम्जोङको संगीतमा पवनले निकै मिठो स्वरमा यो गीत गाएका छन् । उनको यो गीत सुन्दा लाग्छ, गायक हुनलाई ‘आईडल’को जरुरी छैन ।
हुन त ‘आईडल’ छनोट कार्य नकरात्मक होइन । तर, कला र गला भएर पनि बाहिरिनु पर्दाको पीडा प्रतियोगीहरुलाई हुनसक्छ । त्यो पीडालाई बिर्सेर पवनले यो गीत गाएका छन् । र, उनले वाहवाही पनि पाइरहेका छन् ।
पबनको यो गीतलाई लिप्सिङ भिडियोमा एमएमएस इन्टरटेन्टमेन्टले सार्वजनिक गरेको छ । जब यो गीत सार्वजनिक भयो, तब पबनको गायन प्रतिभा र उनको गलाको प्रशंसा हुन थालेको छ ।
मिठास र कर्णप्रिय स्वरका धनी पबनलाई यस गीतले अवश्य प्लसप्वाइन्ट गर्नेछ किनकि, उनको स्वर र गायनका जुन दम्भ छ त्यो नेपाली सुगमसंगीतका लागि पफ्र्याट छ ।