काठमाडौं, २३ असार । हिजोआजा अचाक्ली गर्मी छ । पानी परेको बेला बाहेक खाशै शितलता महशुस गर्न गाह्रो छ । एयर होस्टेज तालिम लिइरहेका युवतीहरु गर्मी छल्न स्वीमिङ पुल पुगेका छन् । कमलादीस्थित नेपाल एयर होस्टेज एकेडेमीमा अध्ययनरत ४० जना युवतीहरुलाई पौडी प्रशिक्षण गराउने हेतुले स्वीमिङ पुल लगिएको हो । उनीहरुलाई सिनियर पौडी प्रशिक्षक विकास विक्रम राणाले पौडी प्रशिक्षण दिँदै आएका छन् । उनका अनुसार एयर होस्टेज जागीर खानेका लागि अनिवार्य रुपमा पौडी जान्नुपर्ने हुन्छ छ । उक्त प्रशिक्षण आपतकालीन अवतरणको बेला महत्वपूर्ण हुनेछ । साथै नेपाल एयर होस्टेज एकेडेमीमा तालिम लिएका युवायुवतीहरु हाल नेपाललगायत विभिन्न देशको विमान कम्पनीहरुमा जागीरेको रुपमा काम गर्दै आएको संस्थाका सञ्चालक प्रदीपराज वन्तले बताए ।