‘गागरीको पानी…’ लिएर आइन् मेचु धिमाल (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १८ असार आईतवार
no img

काठमाडौं, १८ असार । पछिल्लो चार वर्षदेखि सांगीतिक क्ष्ँेत्रमा सक्रिय गायिका मेचु धिमाल आफ्नो नया“ गीत ‘गागरीको पानी…’ को भिडियो लिएर दर्शकमाझ आएकी छन् । उक्त रोमान्टिक गीतको म्युजिक भिडियोमा गायिका धिमाल आफैंले आकर्षक अभिनय तथा नृत्यसमेत गरेकी छन् । अभिनेता निराजन प्रधानले गायिका धिमाललाई अभिनयमा साथ दिएका छन् ।
विभोर पोखरेलद्वारा निर्देशित यो म्युजिक भिडियोलाई गायिका धिमालले आफ्नै यूट्युब च्यानलबाट सार्वजनिक गरेकी हुन् । सुमन गुरुङ यो गीतका गीतकार तथा संगीतकार हुन् । रिकेश गुरुङले यो गीतमा संगीत संयोजन गरेका छन् ।
‘गागरीको पानी…’ गीतको भिडियोलाई हरि हुमागाईंले छायांकन गरेका छन् । रोमान्टिक शैलीको गीत भएका कारण उक्त गीतको भिडियोलाई निर्देश्ँक पोखरेलले रोमान्टिक शैलीमै तयार पारेका छन् । सुप्रीम पराजुली यो भिडियोका सम्पादक तथा कलरिष्ट हुन् ।
विगत चार वर्षदेखि डोरेमी संगीत स्कूलमा संगीतको प्रशिक्ष्ँण लिएकी गायिका धिमाल गायनमा सुरिलो सुनिएकी छिन् । संगीतकर्मी भानुभक्त ढकालकी यी चेलीले यसअघि गाएको ‘कदम कदम’ गीत लोकप्रिय भैसकेको छ ।

Comments