काठमाडौं, १८ असार । केही साता यता दार्जिलिङको ‘गोर्खाल्याण्ड’ आन्दोलनलाई जोड्दै सिमा सुवेदी श्रेष्ठ नामकी युवतीले गरेको फेसबुक भिडियो टिप्पणी यतिखेर भाइरल बनेको छ । सुवेदीको उक्त टिप्पणीमा नेपालीहरुलाई गाली गरेको भन्दै उनीविरुद्ध हाल देश–विदेशबाट तिव्र आलोचना भइरहेको छ । यतिमात्र नभएर नेपाली मुलकी भारतीय नागरिक सिमा अहिले यु–टेयुबमा समेत सर्वत्र छाएकी छन् ।
यिनै सिमासँग फेसबुकमा भिडियोमार्फत जवाफ दिने नेपालीहरु दिनदनै बढिरहेका छन् । यसैबेला सिमालाई गीतबाट समेत जवाफ दिइएको छ । एमएमएस ईन्टरटेनमेन्टले ल्याएको ‘हामी गोर्खाली’ बोलको यस गीतमा स्वर र शब्द संगीता रायमाझी, संगीत निराजन सापकोटा, ईडिटिङ तुलसी सापकोटा र एरेन्ज एवं छायाँकन बुद्ध सायमीको रहेको छ भने गीतको रेकर्डिङ अडियो नेपालमा गरिएको हो । गीतमा मोडलिङ-लिप्सिङ स्वयं गायिकाले गरेकी छन् ।
(भिडियो हेर्न तल क्लिक गर्नुहोस्)