काठमाडौं, १६ असार । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नेपाल हस्तकला महासंघ र हस्तकला डिजाईन तथा विकास केन्द्रको संयुक्त आयोजनामा ६ दिने काष्ठकला वस्तुमा प्रशिक्षण कार्यक्रम गरेको छ । उक्त कार्यक्रमको समापन गर्दै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले भनिन्, ‘यस्ता कार्यक्रमले ललितकला क्षेत्रमा टप टेवा पुग्नेछ ।’
कार्यक्रममा प्रमुख अतिथि रागिनी, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ एवं हस्तकला विभागकी प्रमुख सुषमा राजभण्डारी र नेपाल हस्तकला महासंघका उपाध्यक्ष एवं हस्तकला डिजाईन तथा विकास केन्द्रका सभापति सुनील चित्रकारलगायतले आफ्नो धारणा राखेका थिए ।
यस प्रशिक्षणबाट काष्ठकला विधामा विभिन्न रंगमा वस्तु उत्पादन भई वस्तुको आकर्षण बढ्न गई वस्तु अधिकतम् मुूल्यमा बिक्री वितरण गर्न सकिने विश्वास गरिएको छ । प्रशिक्षणमा १० जना प्रशिक्षार्थीले सहभागिता जनाएको थिए । कार्यक्रमको सभापतित्व नेपाल हस्तकला महासंघका कार्यबाहक अध्यक्ष किरणकुमार डंगोलले गरेका थिए ।