मलेसियामा डम्बर र निशाको दम्दार सांस्कृतिक धमाका (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १४ असार बुधबार
no img

काठमाडौं, १४ असार । गायक डम्बर नेपाली र मोडल तथा अभिनेत्री निशा लिम्बू यतिखेर मलेसियामा छन् । मुस्लिम समुदायकको महान पर्व ईदको अवसरमा आयोजना भएको नेपाली सा्रस्कृतिक कार्यक्रममा सहभागी हुन पुगेको डम्बर र निशाले त्यहाँ रहेका नेपालीलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्न सफल भएका छन् ।

nisha 3
केहीदिन अघि मलेसियाको राजधानी क्वालाम्पुर पुगेका उनीहरुले केही कार्यक्रममा प्रस्तुत भइसकेका छन् । जसबाट एकदमै राम्रो रेस्पोन्स पाएको मोडल तथा अभिनेत्री निशाले बताइन् । हङकङलगायतका केही मुलुकमा आफ्नो दम्दार नृत्य प्रस्तुती पस्किसकेकी निशाको यो मलेसियाको सांस्कृतिकयात्रा भने पहिलो हो ।

nisha 2

पहिलोपटक मलेसिया पुगेको भएपनि दर्शकबाट एकदमै माया र राम्रो रेस्पोन्स पाएको निशाले सुनाइन् । पछिल्लो समय म्युजिक भिडियोको व्यस्त मोडलका रुपमा चिनिएकी निशा एक कुसल नृत्यांगना पनि हुन् । उनले मलेसियामा नेपाली मोर्डन तथा आइटम मिक्स गीतमा नृत्य गरेकी छन् । त्यस्तै, गायक डम्बरले ‘अन्तिमपटक भेट्न आउ’लगायतका आफ्ना चर्चित गीतहरु सुनाएर मलेसियाबासी नेपाली दर्शकको मन जित्न सफल भएका छन् ।
एक साता लामो सांगीतिक भ्रमणमा रहेका निशा र डम्बरले अझै केही स्थानमा प्रस्तुती दिँदैछन् । जहाँ उनीहरुले मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई निम्तोसमेत दिएका छन् । उनीहरु यही आउँदो ३ जुलाईमा नेपाल पर्किदैछन् । नेपाल फर्किनेवित्तिकै म्युजिक भिडियोमै व्यस्त हुने निशाले बताइन् ।

Comments