एक्पोजको सौन्दर्य प्रतियोगिताको अब नयाँ एक्पोज
screennepal
प्रकाशित: २०७४, १२ असार सोमबार
no img

काठमाडांै, १३ असार । एक्सपोज नेपालले एकैमन्चमा एकसाथ तीन सौदर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । एक्सपोजले ‘मिस राजधानी २०१७’, ‘मिस्टर राजधानी २०१७’ र ‘मिसेज राजधानी २०१७’ नामक तीन फरक प्रतियोगीता एकसाथ गर्न लागेको हो । आइतबार बिज्ञाप्ती जारी गर्दै एक्सपोजले तीनै प्रतियोगीताको लागि आवेदन समेत खुल्ला गरेको छ ।
सुन्दरी छनौंट गर्ने परम्परागत शैलीलाई आधुनिकतामा ढाल्दै प्रतियोगीता  गर्दै आएको एक्सपोजका यी तीन प्रतियोगीतामा युवायुवती देखि बिवाहित महिलासम्मले भाग लिन पाउनेछन् ।
तीन मध्य ‘मिस राजधानी’मा १५ देखि १९ वर्षसम्म उमेरका युवती, ‘मिस्टर राजधानीमा’ १५ वर्षदेखि १९ वर्षसम्म उमेरका युवा र ‘मिसेस राजधानीमा’ २१ वर्षदेखि ४५ वर्ष ननाघेका विवाहित महिलाले भाग लिन पाउनेछन् ।
युवायुवतीका साथै विवाहित महिलाहरुको प्रतिभा निखार्दै जिम्बेवार नागरिक बन्न प्रोत्साहित गर्ने उदेश्य प्रतियोगीताको रहेको एक्पोज नेपालका म्यानेजिङ डाइरेक्टर अर्चना थापाले जानकारी दिइन् ।
प्रतियोगीताले प्रतिभावान र बौद्धिक ब्याक्तीको क्षमतालाई सबैसामु उजागर गर्ने शाहीको बिस्वास छ । प्रतियोगितामा सहभागीले बौद्धिकतासँगै सामाजिक कामको समेत योजना बनाएर निर्णायकलाई प्रभावित पार्नु पर्नेछ ।
बिभिन्न चरणमा आयोजना हुने अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा भाग लिन पाउनेछन् ।

Comments