काठमाडौं, ६ असार । फेसनसम्बन्धी इभेन्ट ‘फेसन ट्रेड’ पोखरामा निरन्तर दुई महिना (नौ साता) चल्यो । फेसियल हाउसले पोखराको चिप्लेढुंगास्थित ट्रेड महलमा सञ्चालन गरेको यो इभेन्टले पोखरेलीको मन समेत जित्यो । ‘फेशन ट्रेड’ नाम दिइएको यस फेसन शोबारे फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा सिनियर ब्युटीसियन सुष्मा महराले भनिन्, ‘फेसनबारे यति लामो शृंखला सायद नेपालमा यो पहिलो होला ।’
उनका अनुसार उक्त शोमा पोखराका ५० जना मोडलहरुले सहभागी जनाएका थिए । उक्त शोको क्राउन मनिषा हमाल, निम्रीता घिमिरे, मुस्कान घोथाने, नेन्सी साई र सञ्जु सुन्वारले जित्न सफल भएका थिए । कार्यक्रमको कोडियोग्राफी भने मोनिका पनेरुले गरेकी थिइन् ।
पोखरा ट्रेड महल, कर्पोरेट विजनेश म्यागजिनलगायत प्रायोजन गरेको यो कार्यक्रमको दशौं संस्करण भने काठमाडौंमा गर्ने महराले बताइन् । उनले भनिन्, ‘फेसन ट्रेडको दशौं संस्करण राजधानीमा गर्ने योजना छ ।’
‘फेसियल हाउस’ काठमाडौं उपत्यकाभित्र भएका ब्युटी सैलुनहरूमै उत्कृष्ट मानिन्छ । देशको प्रमुख सहरहरुमा सुविधा दिने उद्देश्यले राजधानीपछि पोखरामा अन्तराष्ट्रियस्तरकोे लेडिज एण्ड जेन्स ब्युटी सैलुन विस्तार गरेको यस फेसियल हाउसले नेपालमा केही नयाँ सौन्दर्य प्रविधिहरू भित्राएको छ ।
टाटु रिमुभर लेजर मेसिन, हेयर, ब्युटी र स्किन केयर मेसिन कृत्रिम परेला पत्यारोपण (आईलाईसिस एक्टेन्सन), जेल नेल आर्ट, पर्मानेन्ट मेकअप, पेयर सिन, डेडलक, मेडिकेयर पेडिकेयर जस्ता थुप्रै नयाँ पुस्तामा प्रचलित हुने प्रविधिहरू उपलब्ध छन् । यी सबै सेवा पोखरा शाखाबाट पनि लिन सकिने महराले बताइन् । उनले भनिन्, ‘फेशन ट्रेड’ पोखरेलीमाझ लोकप्रिय भएसँगै काठमाडौमा समेत यो कार्यक्रमको माग आएकोले असारको पहिलो हप्ता गर्न लागेको छौं ।’ फेसियल हाउसले काठामाडौकै व्यस्त बागबजार र सुन्धारामा सेवा विस्तार गर्न लागेको पनि उनले बताइन् ।