काठमाडौं, १८ जेठ । गायक तथा गीतकार अनुप लिम्बू हिजोआज म्युजिक भिडियो पनि निर्देशन गर्छन् । गीतकार हुँदै गायक बनेका अनुपले पछिल्लो समय ‘आँखामा तिम्रो…’ बोल गीतको भिडियो निर्देशन गरेका छन् । जुन गीतलाई ‘नेपाली उदित’ नामले चिनिएका गायक प्रराज पौडेलले गाएका हुन् ।
निल गुरुङको शब्दसंगीत र शोभाकर पोखरेलको छायांकन तथा गौरब गिरिको कोरियोग्राफी रहेको उक्त भिडियोमा सुष्टि खडका र गायक पौडेलले अभिनय गरेका छन् । उक्त भिडियो ललितपुरको फर्पिङ परिसरमा छायांकन गरिएको अनुपले बताए ।
अनुप गायनसँगै निर्देशन र सञ्चारमाध्यमसँग पनि आबद्ध छन् । नाटक र लघु चलचित्रहरु समेत निर्देशन गर्दै आएका अनुपले ३ दर्जनबढी गीतमा रेकर्ड गरिसकेका छन् ।