भीमले ल्याए मिम्जिमाको ‘हातै काटेर…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १८ जेष्ठ बिहीबार
no img

काठमाडौं, १८ जेठ । सुगमसंगीतका लोकप्रिय गायक भीम लिम्बुले आफ्नो पछिल्लो एकल एल्बम ‘मिम्जिमा’को शीर्ष गीत ‘हातै काटेर…’लाई भिडियोमा ल्षएका छन् । रोमान्टिक शैलीको यस म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र निराजन प्रधानसले अनस्क्रिन रोमान्स गरेका छन् ।
हरि लम्सालद्वारा संगीतबद्ध यो गीतमा सञ्जिव थापाको शब्द रहेको छ । संगीतकार लम्सालले यो गीतको संगीत संयोजन गरेका हुन् । यस म्युजिक भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका हुन् । भिडियोमा प्रस्तुत भएका प्रियंका र निराजनको जोडीलाई दर्शकले मन पराएका छन् भने गायक लिम्बुको स्वरले पनि प्रसंसा पाउन थालेको छ । भिडियोमा प्रेमि–प्रेमिकाको रुपमा प्रस्तुत भएका प्रियंका र निराजनले गीतको शब्दमा व्यक्त गरिएका प्रेमिल भावनालाई अभिनयमार्फत प्रस्तुत गरेका छन् ।
डेढ दशकभन्दा लामो समयदेखि सांगीतिक क्षेत्रमा सक्रिय भीम सुगमसंगीतको स्थापित नाम हो । शास्त्रीय संगीतमा स्नातकोत्तर उत्तिर्ण गरेका गायक लिम्बुले यसअघि गाएका गीतहरुमध्ये धानै नाचिन्छ, माया मेरो झुटो रे, फेसबुकैले, यो मुटुमासहितका गीतहरु लोकप्रिय छन् ।

Comments