काठमाडौ, २२ बैशाख । गायिका शितल पुन नेपाली साङ्गीतिक क्षेत्रका लागी पुरानो नाम हो । रेडियो नेपालमा ०५० सालमा भ्वाइस टेस्ट पास गरेर संगीतमा लागेकी शितलले पहिलो गीत स्व. राम थापाको संगीतमा पहिलो गीत रेकर्ड गराएकी थिइन् । नेपाली साङ्गीतिक क्षेत्रमा गजल क्विन नामले पनि परिचित गायिका पुनको पहिलो एल्बम ‘शितल’ ०५६ सालमा ल्याएकी थिइन् ।
लामो समयपछि गायिका शितल पुनले ‘पापी मायाले’ बोलको गीत सार्वजनिक गरेकी छिन् । अहिलेको चर्चित गीत ‘काले दाई’को संगीतकार तथा अभिनेता कोशिश क्षेत्रीको संगीत रहेको छ भने सरोजकुमार शाहको शब्द तथा महाराज थापाको संगीत रहेको छ ।
यस गीतको म्युजिकलाई अहिलेका चर्चित निर्देशक अर्जुन अधिकारीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा चलचित्र ‘घामपानी’की अभिनेत्री केकी अधिकारी र मोडल निराजन प्रधानको क्यामेस्ट्री देख्न सकिन्छ । रोमान्टिक गीतको कलरफूल दृश्यमा केकी र निराजनको जोडीपनि उत्कृष्ठ रहेको छ । म्युजिक भिडियोलाई हरि हुमागाईको छाया“कन रहेको छ, भने अर्जुन अधिकारीको सम्पादन रहेको छ ।