‘साँइला…’बारे यसो पो भन्छिन् अनिला ! (गफगाफ भिडियो)
screennepal
प्रकाशित: २०७४, २२ बैशाख शुक्रबार
no img

काठमाडौं, २२ बैशाख । गायिका अनिला राई बेलायतमा बस्छिन् । तैपनि उनी निरन्तर नेपाली गीतसंगीत क्षेत्रमा क्रियाशील छिन् । उनी बेलायत बसेको एक दशकभन्दा बढी भइसक्यो । तर, उनले आफूलाई गायनबाट टाढा राख्न सकेकी छैनन् । गायनमा चम्किरहेकै बेला बेलायत हानिएकी अनिलाले अहिलेसम्म दर्जनौ गीतमा स्वर दिइसकेकी छन् । केही चलचित्रमा समेत स्वर दिइसकेकी अनिला भन्छिन्, ‘जहाँ रहेपनि म गीतसंगीतबाट टाढा हुन सक्दिनँ ।’
पछिल्लो समय गायिका अनिलाले गाएको चलचित्र ‘बिरविक्रम’को ‘टलटल टल्कियो…’ गीतलाई दर्शक तथा श्रोताले अत्याधिक रुचाए । उक्त गीतमार्फत चर्चा परिचर्चा पाइरहेकै बेला अनिलाले आफ्नो पछिल्लो एल्बम ‘स्वरांकन’मा समावेश गीत ‘साँइला…’को भिडियो सार्वजनिक गरेकी छन् । जुन गीत हिजोआज यु–ट्युब तथा विभिन्न मिडियामा चर्चामा रहेको छ । यस भिडियो एवं गीतलाई पनि दर्शक/श्रोताले मन पराएका छन् । हेमकुमार राईको शब्दरचना, डक्टर किरातको संगीत रहेको ‘साँइला’ गीतको भिडियोलाई सञ्चारकर्मी एमपी सुब्बाले निर्देशन गरेका हुन् । फोटो पत्रकार नविनबाबु गुरुङले खिचेको यस भिडियोमा मोडल तथा अभिनेत्री निशा लिम्बू पोमु र दिक्पाल कार्कीले अभिनय गरेका छन् ।
(भिडियो अन्तवार्ता हेर्न तलको लिंकमा क्लिक गर्नुहोला)

भिडियोमा निशा र दिक्पालको अभिनयलाई पनि दर्शक एवं श्रोताले औधि रुचाएका छन् । तिनै दर्शक तथा श्रोताले रुचाएको गीत तथा भिडियो ‘साँइला’ले चर्चा पाइरहेको बेला बेलायतमा रहेकी गायिका अनिला राईसँग गरिएको यो ताजा कुराकानी प्रस्तुत गरेका छौ ।

Comments