निशामलाई ‘मिस एसईई’को उपाधि
screennepal
प्रकाशित: २०७४, १७ बैशाख आईतवार
no img

काठमाडौं, १७ बैशाख । ‘मिस एसईई धरान–२०१७’ को उपाधि १६ वर्षीया निशाम लिम्बूले जितेकी छन् । धरान जेसीजद्वारा सुनसरीमा आयोजित कार्यक्रममा आफ्ना स्पर्धीहरुलाई पछि पार्दै निशामले उपाधि पोल्टामा पारेकी हुन् ।

2
‘टेस्टी टेस्टी मिस एसईई–२०१७’ नाम दिइएको प्रतियोगितामा धरान-१६ मुस्कान चोककी निशामले शीर्ष उपाधिसहित ‘मिस ब्युटि’ र ‘मिस बेस्ट ड्रेस’को सब टाइटल पनि जितेकी छन् । भानुचोकको थाना लाइनस्थित विष्णु मेमोरियल हाई स्कुलबाट भर्खरै एसएससी दिएकी निशाम कम बोल्ने स्वभावकी छिन् । तर, कम बोले पनि पढाइमा तिक्ष्ण छिन् । बिजेता निशामले लगाएको पहिरन  स्प्लेण्डर बुटिक धरानकी फेशन डिजाइनर हेमा राईले तयार गरेकी हुन् । जुन बुटिक धरानमा चर्चित छ ।

प्रतियोगितामा क्रमशः अनिला क्षेत्री फस्ट रनरअप र लिसरा थापा मगर सेकेण्ड रनरअप भए ।

भर्खरै एसएलसी दिएर बसेका किशोरीहरुको प्रतिभा तथा सौन्दर्यता निखार्न जेसिसद्वारा आयोजित प्रतियोगिताको शीर्ष उपाधि हात पारेपछि निशाम दंग छिन् । केही दिन अगाडि सुनसरीको धरानमा आयोजित प्रतियोगितामा स्थानीय ३३ जना किशोरीहरुले सहभागिता जनाएका थिए ।

Comments