VIDEO : लक्ष्मीको ‘मनमा ठूलो…’
screennepal
प्रकाशित: २०७४, १२ बैशाख मंगलवार
no img

काठमाडौं, १२ बैशाख । गायिका तथा गीतकार लक्ष्मी राईको स्वर तथा शब्दमा तयार पारिएको आधुनिक गीत ‘मनमा ठूलो…’को म्युजिक भिडियो आज सोमबार सार्वजनिक भएको छ । केशव खड्काद्वारा संगीतबद्ध यो गीतमा गरेका हुन् । आमोश तामाङ यो गीतका संगीत संयोजक हुन् ।
यूट्युबमार्फत प्रिमियर गरिएको यो भिडियोलाई संगीतकर्मी डिबी खड्काले निर्देशन गरेका हुन् । गायिका राईको दोस्रो एकल एल्बम ‘दोस्रो भेट’ समावेश यो गीतको म्युजिक भिडियोमा मोडल विजयलक्ष्मी राई तथा थिएटर आर्टिष्ट ज्योती राईले अभिनय गरेका छन् । उनीहरु क्रमशः छोरी तथा आमाको भूमिकामा प्रस्तुत भएका छन् ।
अजय रेग्मीद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक सुरेश राउत हुन् । यो गीतको शब्द–शब्दमा हाम्रो समाजको युवापुस्ताले परदेशमा भोग्दै आएको तथा भोगिरहेको वास्तविक यथार्थत अर्थात दुःखपीडाहरुलाई समेटिएको छ । हरेक युवा आफ्नो मनभरी अनगिन्ति सुखका ठूल्ठूला सपना बोकेर विदेशिएको हुन्छ तर विदेशमा सोचेको जस्तो सुख र सुविधा छैन । त्यही विदेशमा भोगेका दुःखहरुको वास्तविकतालाई नै यो गीतमा चित्रण गरिएको छ ।

https://www.youtube.com/watch?v=BIYVKBhHr6Y&feature=youtu.be

Comments