जशोदाको ‘तागा नु हाङ्जाङ’ मा आयुष–रोमियन (भिडियोसहित)
screennepal
प्रकाशित: २०७४, १० बैशाख आईतवार
no img

काठमाडौं, १० बैशाख । नेपाली गायन क्षेत्रमा चम्किँदो नाम हो जसोदा सुब्बा । निकै मिठो स्वरकी गायिका जशोदा पछिल्लो समय लिम्बू भाषाको गीत तथा भिडियो ‘तागा नु हाङ्जाङ’ लिएर आएकी छन् ।

जसोदाको उक्त गतिको भिडियो हालै सार्वजनिक भजशोदाले यो भिडियो आफ्नै यु–ट्युव च्यानलमार्फत सार्वजनिक गर्दै भनिन्, ‘बेला बेला आफ्नो भाषाको गीत गाउँदा पनि आनन्द लाग्छ ।’ उनले चाँडै लिम्बू भाषाका गीतहरुको एल्वम निकाल्ने तयारी गरेको पनि बताइन् ।
यसअघि थुप्रै नेपालदी गीतमा स्वर दिइसकेकी जशोदाले कन्सर्टलाई टार्गेट गरेर डान्सिङ नम्बरको भिडियो बनाउने तयारी गर्दैछिन् । राजु आङ्देम्बे लिम्बूको शब्द तथा संगीत रहेको उनको गीतमा श्याम आङ्लाको एरेन्ज रहेको छ भने भिडियोमा आयुष साँवा र रोमियन लिम्बू वनेमले अभिनय गरेका छन् । उनीहरु तेह्रथुमे ढाका बुटिकले तयार गरेको पहिरनमा देखिएका छन् । रोमियन र आयुषले लगाएको ढाका पहिरनलाई निरु आङबुङले तयार गरेकी हुन् । यस भिडियोलाई लोकेन साँवाले निर्देशन गरेका हुन् ।

Comments