गीतमा कलाकारको जिन्दगी.. सुगम पोख्रेल र गिरिश खतिवडा संगको भिडियो कुराकानी
screennepal
प्रकाशित: २०७३, २४ चैत्र बिहीबार
no img

नेपाली कलाकारहरुको अवस्था अथवा कलाकारको यथार्थमा आधारित गीत कलाकारको जिन्दगी गायक सुगम पोख्रेलको अफिसियल युट्युब एकाउन्डबाट केहि दिन अघि रिलिज भएको छ | रिलिज संगै यस गीत र म्युजिक भिडियोको चर्चा चुलिएको छ | अझै यो गीत विभिन्न विधामा रहेर कलामै रमिरहेकाहरुका लागी आफ्नै गीत बनेको छ|
नेपालका चर्चित तथा लोकप्रिय तीन कलाकार सुगम पोख्रेल, गिरिश खतिवडा र स्वर्गीय यम बुद्धको स्वरमा रहेको यस गीतको संगीत सुगम पोख्रेलको रहेको छ | भने यी तीन जना कलाकारहरुले यस गीतलाई लेख्ने काम पनि गरेका छन् |
सुगम पोख्रेलको आगामी एल्बममा समावेश हुने यस गीतले हाल निकै चर्चा पाईरहेको छ | स्ट्रीटनेपालले यस भिडियो अन्तरबार्ता मार्फत कलाकारको जिन्दगीको बारे खोतल्ने कोशिस गरेको छ |

Comments