पुर्णेमाको जुनसँगै आइन् अर्पना (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २४ चैत्र बिहीबार
no img

काठमाडौं, २५ चैत । पाँच बर्षपछि गायिका अर्पना श्रेष्ठ ‘पुर्णेको जुन’सँगै आएकी छन । अर्पनाको यो ‘पुर्णेको जुन’ गीतमा गायक सुगम पोखरेलले साथ दिएका छन् । एल्बममा महेश ज्ञवालीको संगीत र शब्द युबराज काफ्लेको छ ।
यस गीतको भिडियोलाई निकै मिहिनेतका साथ निर्देशन गरेका छन् सचिन थापाले । भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ । गायक सुगम भन्छन्, ‘यो गीतबाट मैले पनि निकै आशा गरेको छु । गायिका अर्पणा श्रेष्ठ बहिनीसँगको यो नयाँ सहकार्य सबैले मन पराउनुहुनेछ ।’
त्यस्तै, गायिका अर्पना पनि उत्साहित छिन् । ‘आफ्नो सांगीतिक आईडल व्यक्ति सुगम दाजुसँग गीत गाउन पाउँदा निकै खुसी छु’ अर्पनाले भनिन् ।

Comments