यो न्यू इयरमा रक हाउसमा ‘न्यू इयर रकिङ’ !
screennepal
प्रकाशित: २०७३, २२ चैत्र मंगलवार
no img

123

काठमाडौं, २२ चैत । यसपालिको नेपाली नयाँ वर्ष कहाँ र कसरी मनाउँने योजनामा हुनुहुन्छ ? अहिलेसम्म कुनै योजना बनाएको छैन भने रातोपुलस्थित रक हाउस क्याफेमा आउनुस् र रकिङ गर्नुस् किनकि, रक हाउसले २०७३ को विदाईसँगै नयाँ वर्ष २०७४ को स्वागतार्थ भव्य सांगीतिक तथा डान्स पार्टी गर्दैछ ।

३१ चैत हुने कार्यक्रममा लेडिज् डिजे क्वीन, डिजे मार्ली र डिजे विट्रीक्सले एकसाथ नचाउनेछन् भने उनीहरुसँगै विभिन्न कलाकारले पनि मनोरञ्जन प्रदान गर्नेछन् । क्याफेका सञ्चालक सुमन राईका अनुसार उक्त न्यू इयर ईभमा नायिका तथा मोडल निशा पोमु, लक्ष्मी योङहाङको बेजोड नृत्य प्रस्तुती रहने छ भने सुनिता थेगिम, अमृता सम्बाहाम्फे, तारा थेबे, सुष्मा लिवाङ, मिना राईलगायतले गीत प्रस्तुत गर्नेछन् ।
शैलेन्द्र थेबे, रुपा आङ्बुहाङ र बविता फोम्बो कार्यक्रम संयोजक रहेको यस कार्यक्रमलाई पृथक बनाउने सुमनले बताए ।

Comments