काठमाडौं, १८ चैत । ‘मिस इको इन्टरनेशनल–२०१७’ मा नेपालको प्रतिनिधित्व गर्दै रोनाली अमात्य इजिप्टतिर प्रस्थान गरेकी छन् । उनी शुक्रबार त्यसतर्फ लागेकी हुन् ।
८० देशका इको सुन्दरीहरुको सहभागिता रहने प्रतियोगीताका लागि नेपालबाट उनी एक्लो सहभागी हुन् । नेपालका लागि अधिकार प्राप्त संस्था ग्रीन आर्ट मिडियाले गत २४ डिसेम्बरमा आयोजना गरेको ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’को अडिसनबाट उनी छानिएकी हुन् ।
छनौट चरणको अडिसनमा पुर्व मिस नेपाल तथा अभिनेत्री श्रृष्ठी श्रेष्ठ, मिसन नेपाल अर्थ सुबेक्षा खड्का, अभिनेता मनोज आर सि लगायत निर्णायक रहेका थिए ।
नौ डिजाइनरले तयार पारेका करिब दुई दर्जन आकर्षक पहिरन सहित उनी प्रतियोगीतामा सहभागी हुन लागेको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए ।
कामनपा–११ की २१ बर्षीया रोनाली ‘मिस इको इन्टरनेशनल नेपाल २०१७’की बिजेता पनि हुन् । यही उपाधिले उनलाई अन्तराष्ट्रिय प्रतियोगीताको ढोका खोली दिएको हो ।
टुरिजम र बाताबरण बिषयलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको ‘मिस इको इन्टरनेशनल’मा आफुले नेपाली कल्चरको प्रवद्धन गर्दै र टुरिजम र बाताबरणका बिषयमा बिशेष प्रस्तुति दिने रोनालीले बताइन् । प्रतियोगीताको शिर्ष उपाधि जित्ने उदेश्या सहित आफुले नेपालको प्रतिनिधित्व गर्न लागेको रोनालीले सुनाइन् । प्रतियोगिता अप्रिल १ देखि १५ सम्म इजिप्टमा हुँदैछ ।