काठमाडौं, १५ चैत । हस्पिटालिटी फाउन्डेशन अफ नेपालले आयोजना गरेको नेपाल हस्पिटालिटी अवार्ड २०७३ मा बेस्ट फ्लाईटेक इन्टरनेशनलले एयर होस्टेस एकेडमी अवार्ड प्राप्त गरेको छ । राजधानीमा आयोजित कार्यक्रममा अवार्ड संस्कृति पर्यटन तथा नागरिक उडडयन राज्यमन्त्री परशुराम तामाङले प्रदान गरेका थिए ।
नेपालमा पहिलोपटक यस खालको अवार्ड वितरण गरिएको हो । नेपालकै प्रथम अन्तराष्ट्रिय मान्यता प्राप्त एयर होस्टेस तालिम गराउने संस्था फ्लाईटेक इन्टरनेसनललाई एक दशक लामो समयदेखि एयर होस्टेस तालिमको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्दै उल्लेख्य भूमिका निर्वाह गरे बापत सर्वोत्कृष्ट एयर होस्टेस तालिम संस्था २०७३ को उपाधि प्रदान गरिएको हो ।
पुतलीसडकमा अवस्थित फ्लाईटेक इन्टरनेसनल, सन् २००६ देखि नेपालमा अन्तराष्ट्रिय एयर होस्टेस तालिम संचालन गर्दै आएको संस्था हो । फ्लाईटेक यसअघि नै जोइन्ट अक्रेडिटेसन सिस्टम अफ अस्ट्रेलिया एंड न्युजिल्याण्ड द्वारा गुणस्तर अवार्ड पाउन सफल भैसकेको संस्था हो र यसले सयौं विधार्थीहरुलाई विश्वका ७० भन्दा बढि प्रतिष्ठित वायुसेवा कम्पनिमा रोजगारको अवसर दिलाउन सफल भैसकेको छ ।
कार्यक्रममा राज्यमन्त्री परशुराम तामाङले फ्लाईटेक इन्टरनेसनलले गरेको कामको सराहना गर्दै पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई सुधार गर्न मन्त्रालका सचिव, विभागीय प्रमुख, पर्यटन उद्यमीसंग सरसल्लाह गरेर अघि बढ्ने बताउनु भयो । यसैगरी राज्यमन्त्री तामाङ्गले पर्यटन तथा हस्पिटालिटी क्षेत्रलाई सुधार गर्न युवालाई स्वदेशमै परिचालन गर्नको लागि गृह कार्य गरि रहेको बताए । कार्यक्रममा मन्त्री तामाङले सात वटा विधामा एवार्ड प्रदान गर्नु भएको थियो ।
हस्पिटालिटी इन्टरप्रेनर एवार्डवाट राजेन्द प्रसाद त्रिपाठी, गेस्टोनमि एवार्डवाट सुरेश चन्द्र बस्नेत, इनोभेटिभ सेफ अफ दि एयरवाट कुमार चालिसे, बेस्ट रेस्टुरेन्ट इन पोखरावाट डुङ्गा रेस्टो एण्ड लन्ज बार का राजेश गुरुङ्ग, वेस्ट बुटिक होटलवाट अप्सरा बुटिक होटल ठमेलका रमेश नापित , वेस्ट ट्राभल एण्ड टुर वाट हिमालयन डिस्कोभरी नेपालका एलेक्स नेपाल (सुरेश लम्साल) र वेस्ट एयर होस्टेस एकेडमी एवार्डबाट फल्याइटेक इन्टरनेशनलका नाजिर हुसैनलाई सम्मान तथा एवार्ड वितरण गरिएको थियो ।
पर्यटन प्रवद्र्धनमा युवाको भूमिका विषयक अन्तक्रिया तथा हस्पिटालिटी अवार्ड २०७३ कार्यक्रम मार्फत नेपालको पर्यटन क्षेत्र राष्ट्रिय मेरुदण्डको रुपमा रहेका युवावर्गलाई अघि सार्दै सानो लगानीबाट ठुलो रुपमा युवालाई परिचित गर्दै ढुलो प्रतिफल, पर्यटन, सभ्यता, संस्कृतीको समस्या र युवा स्वरोजगारलाई कसरी अगाडि बढाउने भन्ने बारे अन्तक्रिया गरिएको थियो ।
पर्यटन बोर्डका सदस्य राजेन्द्र सापकोटा नेपालको अन्तराष्ट्रिय विमानस्थलका सुधार तथा व्यवस्थित गर्न आग्रह गदै नेपाल नेपाल वायुसेवा निगमले ल्याउन लागेको विमानवाट लण्डनको हिथ्रो विमानस्थल, जर्मनीको फ्रान्कफोर्ट र जापानको टोकियोलाई नँया गन्तव्य बनाउनको लागि पर्यटन मन्त्रालयले प्रयास गर्नु पर्ने बताउनु भयो । टानका अध्यक्ष चन्द्र रिजालले आँउदो समयमा पर्यटन क्षेत्रमा आएको आम्दानी सही ठाउँमा सदुपयोग भए नेपाल पर्यटन क्षेत्र अझै युवामयी हुने बताए ।
यसैगरी आजको कार्यक्रममा बिजय कुमार ढकाल, लोक कृष्ण भट्टराई, निलकणठ तिवारी, शिव अधिकारी बेखारतन शाक्य, निटका अध्यक्ष दीपक महतले युवावर्गलाई पर्यटन क्षेत्रमा आकर्षित गर्न सरकारले पहल गर्नु पर्ने बताए ।