आहा ! ढाकाले तान्यो मन… (फोटो फिचरसहित)
screennepal
प्रकाशित: २०७३, १४ फाल्गुन शनिबार
no img

– एमपी सुब्बा
तस्बिर : नविनबाबु गुरुङ/प्रदीप

The Highland Art (13)

काठमाडौं, १४ फागुन । आहा क्या राम्रो ढाका ! राजधानीको भृकुटीमण्डपमा जारी २८औं राष्ट्रिय औद्योगिक वस्तु तथा प्रविधि प्रदर्शनी अवलोकनकर्ताको ध्यान यसैगरी ढाकाले तानेको छ । प्रदर्शनी स्थल प्रवेशद्वार छेउमै रहेको द हाइल्याण्ड आर्टको स्टलले अधिकांशको मन खिचेको छ ।

The Highland Art (12)

ढाका सारी, कन्ठ र शिरबन्दीजस्ता लिम्बू भेषभूषा एवं गर–गहनाले चिटिक्क सजाएर राखेको डमी देख्नेवित्तिकै ग्राहक तथा प्रदर्शनी अवलोकनकर्ताहरु भन्छन्, ‘आहा ! कति राम्रो, यो ढाका कहाँ बन्छ ?’ त्यतिमात्र नभएर स्टलमा बसेका मोडलहरुले समेत अवलोकनकर्ताको ध्यान तानेको छ ।

16936218_1417677001597524_1881477453_o
ढाका कपडा उत्पादन तथा पहिरन प्रवद्र्धनमा लामो समयदेखि क्रियाशील द हाइल्याण्ड आर्टले ११ र १२ नम्बर स्टलमा ढाका प्रर्दशनीमा राखेको छ । द हाइल्याण्ड आर्टको स्टलमा निशा लिम्बु पोमु, बबिता फोम्बो, रुपमा आङबुहाङ, मेरिना चेम्जोङ, दीपा सुहाङ, लक्ष्मी योङहाङलगायतका मोडल तथा कलाकारहरु ढाका पहिरन तथा लिम्बू गर–गहनामा चिटिक्कै देख्दा उनीहरुसँग तस्बिर खिच्न ग्राहक आतुर हुन्छन् ।

The Highland Art
शुक्रबार द हाइल्याण्ड आर्टको स्टलमा अभिनेत्री तथा निशा लिम्बू पोमुसँग तस्बिर खिचाउनेको भीड नै लागेको थियो । ‘कति राम्रो पहिरन’ एक ग्राहकले निशासँग प्रश्न गर्दै भने, ‘तपाइँसँग एउटा फोटो खिचौं है त ।’ प्रदर्शनी अवलोकन गर्न पुगेकी नर्स तथा मोडल पविता राईले पनि ढाका प्रदर्शनीले आफूलाई लोभ्याएको बताइन् । पविताले भनिन्, ‘एउटा सारी चाहिँ किन्ने नै भएँ ।’

The Highland Art (1)
द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले आफ्नो स्टलले सबैको ध्यान तानेको बताइन् । ढाकाविद् समेत रहेकी कल्पनाले भनिन्, ‘यसपटक प्रदर्शनीमा ढाकाकै चर्चा छ ।’

The Highland Art (10)
‘मेड इन नेपाल गौरव गरौँ, स्वदेशी वस्तु प्रयोग गरौँ’ भन्ने नाराका साथ घरेलु तथा साना उद्योग विकास समितिले आयोजना गरेको प्रदर्शनीमा ७५ वटै जिल्लाका लघु, घरेलु तथा साना उद्यमीको सहभागिता रहेको छ ।

The Highland Art (5)
प्रदर्शनीमा ढाकाका आलवा रेशाबाट उत्पादित कपडा, सुर्खेत, जाजरकोटको किमती पत्थर, सिस्नुको पाउडर, जडीबुटी, बाँसका कपडा, मिथिला आर्ट, छ्वालीका विविध सामान, करुवा, खुकुरी, अल्लोबाट निर्मित सामान तथा छालाजन्य वस्तुहरु राखिएका छन् । तेह्रथुम, पाँचथर, धनकुटा र ताप्लेजुङलगायत जिल्लाबाट समेत ढाका उत्पादकहरु प्रदर्शनीमा आएका छन् । गएको बिहीबारबाट सुरु भएको यो प्रदर्शनी १७ फागुनसम्म चल्नेछ ।
The Highland Art (7)

The Highland Art (8) The Highland Art (7) The Highland Art (2)

Comments