आउने सोमबार रिवन र स्टारको दुई प्रतियोगिता
screennepal
प्रकाशित: २०७३, १२ फाल्गुन बिहीबार
no img

miss globe news1

काठमाडौं, १२ फागुन । रिवन इन्टरटेनमेन्ट प्रालि र स्टार वन इन्टरटेनमेन्टले यो आउनले सोमबार राजधानीमा एकसाथ एकै मञ्चमा २ प्रतियोगिता आयोजना गर्दैछ । देशभरका युवतीहरुलाई लक्षित गर्दै व्यवहारिक रुपमा परीक्षा लिएर सुपर मोडल कन्टेष्ट २०१७ आयोजना गर्न लागेको छ भने स्टार वन इन्टरटेनमेन्टले सुपर मोडल कन्टेष्ट २०१७ गर्न लागेको हो ।
सुपर मोडल कन्टेष्ट २०१७ मा ११ पुरुष र ७ महिलाले प्रतिस्पर्धा गर्दैछन् । इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले प्रतियोगीलाई कम्पनीको विशेष ब्रान्डका रुपमा सम्पन्न गर्ने तथा प्रतियोगीहरुको मूल्यांकन व्यवहारिक परिक्षाको आधारमा गरिने बताए ।

miss globe news 2
उनका अनुसार हरेक विधा वा उप–उपाधिका लागि अन्तिम स्पर्धाअगाडि नै सम्बन्धित विज्ञबाट मूल्यांकन गरिनेछ, हरेक उप–उपाधिका लागि कक्षाको भोलिपल्टै मूल्यांकन परिक्षा गरिनेछ ।
‘ती विधाका विजेताको नाम भने अन्तिम स्पर्धाका दिन घोषणा गरिनेछ, प्रमूख उपाधि तथा फष्ट र सेकेण्ड रनरअपको चयन भने अन्तिम स्पर्धाकै दिन गरिनेछ’ उनले भने । ५० प्रतिशत लिखित प्रश्नोत्तर र ५० प्रतिशत मोडलिङसम्बन्धी प्रयोगात्मक क्रियाकलापबाट विजेता चयन गरिने उनले जनाए ।

Supermodel-talent pics (1)
प्रतियोगितामा गौरब प्रभास, रमेश थापा, रिसुक सुबेदी, शुदेस सोन्जु श्रेष्ठ, अतित लामा, स्काइ थापा, राजु तमाङ, सुसांगा श्रेष्ठ, विशाल पुर्बाछाने, सन्देश मर्हजन, जस्मिन श्रेष्ठ, एलिना चोखाल, अन्जु क्षेत्री, सरु सुवाल, करिष्मा राई, सुस्मिता थापा र रुस्वि प्रसाँईले प्रतिस्पर्धा गर्दैछन्।
त्यसै गरी मिस ग्लोब इन्टरनेसमा रविना खरबुजा, रिया सिंह श्रेष्ठ, अरुणा बराइली, सविता खड्का, देवि लामा, समृद्धि रेग्मी, रञ्जना डागी, मिना बासकोटा , सिजिगा भुसाल, सृष्टी श्रेष्ठ, सञ्जु न्यौपाने , आयुषा कार्की, स्वस्तिका मोक्तान, अञ्जली तिम्लसिना, अनिशा श्रेष्ठ, रञ्जिता चौलागाँई र ववि श्रेष्ठले स्पर्धा गर्दैछन्। स्टार वन इन्टरटेनमेन्टकी अध्यक्ष पूजा निरौलाले यो प्रतियोगिताले प्रतियोगीहरुमा मित्रताको भावना विकास गर्न सघाउने विश्वास व्यक्त गरिन्।
दुबै प्रतियोगिताको ट्यालेन्ट उपाधिका लागि ट्यालेन्ट शो पनि राजधानीमा एकसाथ गरिएको छ। ट्यलोन्ट शोमा प्रतियोगिहरुले सांस्कृति र कलातमक नृत्य, आधुनिक नृत्य, करांते काता, अभिनय र वक्तृत्वकला प्रदर्शन गरेका थिए। ट्यालेन्ट शोमा अभिनेता मनोज आरसी, मिसेस नेपाल इन्टरनेशनल २०१५ की सेकेण्ड रनर्सअप परी कल्पना राई, मिसेस नेपाल इन्टरनेशनल २०१६ अनुपमा राई र इभेन्ट अर्गनाईजर लबबहादुर कार्की निर्णायक रहेका थिए।

Comments