कोमल र रेखा भारी मतले बिजयी
screennepal
प्रकाशित: २०७३, ११ फाल्गुन बुधबार
no img

IMG_5036काठमाडौ, ११ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय निर्वाचनमा अभिनेत्री रेखा थापा र गायिका कोमल वली विजयी भएका छन् । उनीहरु दुवै भारी मतले बिजयी भएका छन् ।

बुधबार बिहान सकिएको मत गणनामा रेखा खुला महिलातर्फ दोश्रो र कोमल खुला पुरुषतर्फ तेश्रो भएकी हुन् ।
खुला महिलाबाट रेखाले १६ सय बढी मत ल्याउँदै केन्द्रिय सदस्यमा आफुलाई सुरक्षित गर्दा खुला पुरुषबाट कोमलले १८ सय मत ल्याइन् । महिलातर्फ कुन्ती शाह र पुरुषतर्फ बुद्धिमान तामाङले आफ्नो विधामा बढी मत ल्याए । उनीहरु दुवै मन्त्री भैसकेका केन्द्रिय सदस्य हुन् । आफ्नो क्षेत्रका अब्बल दुई सेलिव्रेटी रेखा र कोमलको राप्रपाको निर्वाचनको उम्मेरद्वारीलाई चासोका साथ हेरिएको थियो ।
कोमलको दाँजोमा रेखाले आफ्नो चुनावी प्रचार प्रसारलाई तिव्रता दिएकी थिइनन् । जबकी कोमलले आफ्ना मतदातालाई निर्वाचनमा ‘कोमल पानी’ नै ल्याएर प्यास मेटाइदिएकी थिइन् । सञ्चारकर्मी प्रकाश सुवेदी भने पराजय भएका छन् ।

IMG_5035

Comments