काठमाडौं, ४ फागुन । रन वे नेपालको आयोजना रहेको र्सौदर्य प्रतियोगिता ‘नेपाल फेसन आइकन २०१७’ को आवेदन खुल्ला गरिएको छ । आयोजक रन वे नेपालले बिज्ञाप्ती जारी गर्दै प्रतियोगीतामा विवाहित तथा अविवाहित दुबैले भाग लिन पाउने जनाएको छ ।
महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्नुका साथै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्दै नेपाली प्लेटफर्ममा आबश्यक मोडल उत्पादन गर्नु प्रतियोगीताको मुख्य उद्देश्यले रहेको रन वे नेपालकी सिइयो चाँदनी लामीछानेले जानकारी दिइन् ।
२० युवा र २० युवतीले अन्तिम स्पर्धा गर्ने प्रतियोगीताको पहिलो अडिसनबाट केही प्रतियोगी छानिसकेका छन् । दोस्रो अडिसनका लागि अहिले आवेदन खुल्ला गरिएको हो ।
दुबै अडिसनमा छानिएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागी जनाउन पाउनेछन् । अन्तिम स्पर्धाका लागि प्रतियोगीलाई ब्यक्तित्व बिकाश, रन वे नलेज , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता , अभिनेत्री तथा मोडल ,मिडिया पर्सनबाट), पब्लिक स्पिकिङ लगायतका बिषयमा प्रशिक्षण दिइनेछ ।
प्रतियोगीता शिर्ष सहित बिभिन्न दर्जन बिधामा बिजेता घोषणा गरिनेछ । प्रतियोगीताको शिर्ष बिजेताले चलचित्र ,म्युजिक भिडियो अभिनयलगायत स्वदेशमा आयोजना हुने बिभिन्न फेसन तथा मोडलिङ कार्यक्रममा सहभागीताको अवसर प्राप्त गर्नेछन् । अन्यले पुरस्कार बिजेताले पनि बिभिन्न पुरस्कार जित्न सक्नेछ । प्रतियोगीताको अन्तिम स्पर्धा चैत्रको अन्तिम सातामा हुनेछ ।