मेगास्टार राजेशपायलसँगै ९ फ्रेबुअरीमै पोखरेली कलाकारको ‘भ्यालेनटाइन स्पेशल’ !
screennepal
प्रकाशित: २०७३, २५ माघ मंगलवार
no img
Rajesh payal

राजेशपायल राई

काठमाडौं, २५ माघ । यसपटक मेगास्टार राजेशपायल राई र पोखरेली कलाकारको ‘भ्यालेनटाइन स्पेशल’ रामै्र जम्ने भएको छ । ९ फ्रेबुअरी अर्थात् यो २७ माघमा पोखराको लेकसाइडमा हुने ‘भ्यालेनटाइन स्पेशल–२०१७’मा नेपाली गायन क्षेत्रका मेगास्टार राजेशपायलसँगै पोखराका चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन् । कार्यक्रममा राजधानीका अन्य कलाकार पनि प्रस्तुत हुँदैछन् । जहाँ दर्शकसँगै उनीहरु प्रेमिल साँझमा डुबुल्की मार्ने छन् ।

darpan

दर्पण राई

‘भ्यालेनटाइन स्पेशल–२०१७’मा सहभागी हुन पोखरा पुगेको भोलीपल्ट नै राजेशपायल अर्को कार्यक्रममा सहभागी हुने भएका छन् । उनले लेखनाथ महोत्सवमा आफ्नो प्रस्तुतीका लागि सहभागी हुने स्क्रीन नेपालसँग बताए । ‘म यसपटक दुईटा कार्यक्रम भ्याएर आउने छु’ यी मेगास्टारले भने, ‘भ्यालेनटाइन स्पेशल’मा सहभागी भएको अर्को दिन लेखनाथ महोत्सवमा मेरो प्रस्त्ुती रहनेछ ।’ उनले आफ्ना दर्शक तथा प्रशंसकलाई लेखनाथ महोत्सवमा निम्तो समेत गरेका छन् ।

manika paneru

पोखरा संयोजन मनिका पनेरु

एमएमएस इन्टरटेनमेन्ट काठमाडौंले आयोजना गर्न लागेको उक्त प्रेमिल साँझमा पोखराका स्थानीय कलाकारहरु गायक विक्रम लोप्चन, एल्विन थापा, नृत्यकार अस्मिता पुन, हास्य कलाकार सुमिन गुरुङलगायतले आफ्नो दमदार प्रस्तुती दिने भएका छन् । राजेशपायललाई मुख्य आकर्षक बनाइएको उक्त साँझमा राजधानीबाट संगीतकार तथा गायक महेन्द्र राई, सुसन कँडेल,, गायिका दीपा तामाङ, भीषण राई, विनय केटु, नृत्यांगना पे्ररणा तामाङ, मोडल तथा अभिनेत्री सम्झना राईलगायतका कलाकार सहभागी हुँदैछन् । उनीहरुको पनि दमदार प्रस्तुती रहनेछ । कायक्रमको अर्को आकर्षण फेसन शो पनि रहेको छ । सो कार्यक्रममा मोडल अफ पोखराका मोडलहरु -याम्पमा उत्रँदैछन् ।

samjhana rai

मोडल तथा अभिनेत्री सम्झना राई

विभिन्न कलाकारको प्रस्तुतीले उक्त साँझको रौनक त छँदैछ, सोही कार्यक्रममा ‘१४ फ्रेबुअरी’ नामक एक फिल्मसमेत प्रिमियर गरिँदैछ । उक्त फिल्म प्रिमियरले दर्शकलाई ‘भ्यालेनटाइन–डे’ तिर्सना मेटाइदिने छ । उक्त साइलेन्स फिल्मलाई गीतकार तथा मोडल दर्पण राई निर्देशन गरेका हुन् । फिल्ममा दर्पण र सम्झना राईको प्रमिल अभिनय रहेको छ । फिल्ममा भावनात्मक प्रेमको विम्ब दर्साइएको निर्देशक तथा कलाकार दर्पणले बताए ।

logo

मुख्य प्रायोजक

उक्त ‘भ्यालेनटाइन स्पशेल साँझ’ को मुख्य संयोजक तथा आयोजक दर्पण राई नै हुन् भने पोखराको संयोजन मनिका पनेरु ‘जेनी’ले गरेकी छन् । फेसियल हाउस काठमाडौले मुख्य प्रायोजन गरेको यस कार्यक्रमलाई यकिन गुरुङले सञ्चालन गर्ने भएका छन् । काठमाडौंमा स्थापित फेसियल हाउसले चाँडै पोखरामा पनि आफ्नो शाखा विस्तार गर्दैछ । यही आउँदो चैतबाट पोखराको टे«ड मलमा फेसियल हाउस सञ्चालनमा ल्याउने बताइएको छ ।

Comments