‘डार्लिङ आई लभ यु’, कमलको क्रियशनमा माला अवतार !
screennepal
प्रकाशित: २०७३, २४ माघ सोमबार
no img

mala 3

काठमाडौं, २४ माघ । ‘डार्लिङ आई लभ यु’ मोडल तथा अभिनेत्री माला लिम्बूलाई देखेर धेरै पुरुषको मनमा यस्तै शब्दबाण खेल्छ होला । यस्तो नहोस् पनि किन ? मालाको सुन्दरतामा जादू नै छ । यिनै मालाले यो साता एक यस्तो म्युजिक भिडियोमा अभिनय गरिन्, गीतको बोल नै ‘डार्लिङ आई लभ यु’ ।

mala 2
भिडियो शुट भइरहँदा उनले पहिरिएको पहिरनले थप चमक ल्याएको थियो । जुन पहिरन पछिल्लो समयका व्यस्त र चर्चित फेसन डिजाइनर कमल मानन्धरले तयार गरेका थिए । उक्त भिडियो शुट तथा मालाकै लागि कमलले ट्रेडिसनलदेखि मोर्डन पाँच सेट पहिरन तयार गरेका थिए । जसमा वानपिसदेखि लेहेँगा–चोलीसम्म थियो । कमलको क्रियशनमा माला साँच्चीकै खुलेकी थिइन् (हेर्नुस् तस्बिर) । यो गीतको भिडियो बजारमा आएपछि अझ कमलको क्रियशन र मालाको जादूमय रुप देख्न पाइनेछ । मालासँगै भिडियोमा गायक सुरेनले पनि अभिनय गरेका छन् ।

mala
‘डार्लिङ आई लभ यु’ गीतलाई सुरेन ताम्लिङ लिम्बूले गाएका हुन् । जो ब्रिटिस आर्मी हुन् । उनले यो गीत आफ्नो एल्बम ‘आफ्नो’ का लागि गाएका हुन् । सुरेनको एल्बम ‘आफ्नो’ मा ६ वटा गीत समावेश छन् । ती गीतमध्ये ‘डार्लिङ आई लभ यु’ र ‘तिमी मलाई’ बोल गीतको भिडियो हरि हुमागाइँ टिमले बनाएको हो ।

mala 5

हरिको निर्देशन तथा छायांकन रहेको यस गीतको भिडियोलाई अन्तर्राष्ट्रियस्तरको बनाएको गायक सुरेनले बताएका छन् । उनी हरि र फेसन डिजाइनर कमलको काम गराइमा खुसी पनि भएका छन् । मोडलिङमा मालाको क्रेज भएकाले आफ्नो भिडियोमा राखेको गायक सुरेनले बताएका छन् । साथै, भिडियोलाई अन्तर्राष्ट्रियस्तरको बनाउन मालाका लागि विशेष पहिरन बनाएको उनको दावी छ । हुन पनि पहिरनले पनि भिडियोलाई थप स्तरिय बनाउन सक्छ ।

mala 6

kamal Manandhar

‘तिमी मलाई’ बोल गीतको भिडियोमा भने निराजन प्रधान र पविता राईले अभिनय गरेका छन् । यस भिडियोमा निराजन कमलले नै तयार गरेको ड्रेसमा देख्न पाइने छ । एल्बम ‘आफ्नो’ केही सातापछि नै युकेमा सार्वजनिक गरिँदैछ ।

mala 4

Comments