काठमाडौंकी पिंकी भइन् ‘मिस तामाङ’
screennepal
प्रकाशित: २०७३, २४ माघ सोमबार
no img

काठमाडौं, २४ माघ । ‘मिस तामाङ–२०१७’को ताज काठमाडौंकी पिंकी घिसिङले पहिरिएकी छन् । एभरेष्ट फेशनहोम र नेपाल तामाङ कला संस्कृति केन्द्रद्वारा आयोजित यस दशौं संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङले ताज जित्न सफल भएकी हुन् ।

miss tamang
नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौंमा सम्पन्न प्रतियोगितामा काठमाडौंकै नावाङ मोक्तानले बेष्ट वाकसहित फस्ट रनरअप र धादिङकी रिता थिङ मस्ट पपुलरसहित सेकेण्ड रनरअप भए । विजेताले क्रमशंः एक लाख, पचास हजार र पच्चीस हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका हुन् ।
प्रतियोगितामा मिस फोटोजेनिक आस्मा मोक्तान, मिस भर्सट्यालेन्ट श्रीयम थिङ, मिस ब्यूटीफूल गंगा पाख्रिन, मिस अनलाइन सरला ब्लोन, बेष्ट पर्सनालिटी नविना लामा योञ्जन, मस्ट डिसिप्लिन आस्ना स्याङ्दान र बेष्ट हेयरमा कुमारी बज्युले जितेका छन् ।

miss tamang 1
प्रतियोगितामा नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामा, धनबहादुर तामाङ, राजेश थापा, भुपाल तामाङ, मोक्तान डिजिटलका शम्भु मोक्तान र नायिका छुल्टिम गुरुङ निर्णायक थिए ।
कार्यक्रमको विचविचमा गायक विजय लामा, आसुशेन लामा, संजोक योञ्जन, महादेव त्रिपाठी, दिपेन शाह लगायतका कलाकार र म्हेन्दोमाया समु्हले प्रस्तुति दिएका थिए ।

Comments