‘आदिवासी सुन्दरी’को खोजी सुरु, धमाधम आवेदन लिइँदै
screennepal
प्रकाशित: २०७३, २३ माघ आईतवार
no img

काठमाडौं, २३ माघ । आदिवासी सुन्दरी छनोट प्रक्रिया पुनः सुरु भएको छ । प्यासिफिक इभेन्ट मेनेजमेन्टले गत वर्षबाट सुरु गरेको ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’ का लागि आवेदन खुला गरिएको छ । प्रतियोगिताको यस दोस्रो संस्करणका लागि आवेदन खुला गरिएको आयोजक संस्था प्यासिफिक इभेन्टले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो । अहिले धमाधम आवेदन फर्म लिइरहेको पनि जनाइएको छ ।

aaaa

गत वर्षकी विजेता रुशा मानन्धर (बिच) । फाईल फोटो

आदिवासी जनजाताती युवतीहरुलाई लक्षित यो प्रतियोगिता अन्य प्रतियोगिताहरु भन्दा केही फरक रहेको छ । यस प्रतियोगितामा सहभागी हुनका लागि १५ सय रुपैयाँ आवेदन शुल्कबाहेक अन्य शुल्क नलाग्ने आयोजक जनाएको छ । यहाँ हुँदै आएका र भइरहेका विभिन्न नामका प्रतियोगिताहरुमा आयोजकले चर्को शुल्क लिँदै आएका छन् । तर, यस प्रतियोगितामा क्षमता र प्रतिभा भएका सबै वर्गका युवतीहरुको पहुँच पुगोस् भनि न्युनतम शुल्कमात्र राखिएको आयोजकले जनाएको छ ।
हुन पनि यहाँ अन्य आयोजकहरुले प्रतियोगीबाट चर्को शुल्क लिने हुनाले कतिपय क्षमता भएरहरु समेत प्रतियोगितामा सहभागी हुनबाट व्यञ्चित हुँदै आएका छन् ।
‘यो शुद्ध आदिवासी यवतीहरुको प्रतियोगिता हो’, आयोजक संस्थाका अध्यक्ष पुफु तेञ्जिङ शेर्पाले भने । उनका अनुसार प्रतियोगितामा आदिवासी जनजातीका कला, संस्कृति र रहन–सहनबारे ज्ञान दिइने छ । ‘आदिवासी आवाज’ नारा दिइएको स कल्चरल सौन्दर्य प्रतियोगिता ‘एईसीसी ग्लोबल मिस इण्डिजिनियस हेरिटेज नेपाल–२०१७’का लागि आउँदो ७ फागुनमा राजधानीको ताहाचलस्थित होटल सोल्टीमा पहिलो अडिसन लिइँदैछ । प्रतियोगिताको अन्तिम स्पर्धा आउँदो १४ चैतमा कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने आयोजकले जनाएको छ ।

Comments