काठमाडौं, १८ माघ । ‘मिष्टर वल्र्ड–२०१७’ मा नेपालको प्रतिनिधित्व गर्ने युवा खोज्ने सुरु गरिएको छ । एक्सपोज नेपाल डटकमले प्रतियोगिता ‘मिस्टर नेपाल–२०१७’ मार्फत यसको सुरुवात गरेको हो । पुरुषहरुको सबैभन्दा ठूलो प्रतियोगिता मानिएको ‘मिष्टर नेपाल’को १५औं संस्करणका लागि आवेदन खुल्ला गरिएको आजोजकले जनाएको छ ।
युवाको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन यो प्रतियोगीता सहायकसिद्ध हुने बिश्वास कार्यक्र संयोजक अर्चना थापाले बताइन् ।
युवाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको आवश्यकताको महशुस गरी सोही अनुरुप त्यसको उपयोगिताबारे मार्गनिर्देशन दिंदै समाज उपयोगी जिम्मेवार व्यक्तित्वको रुपमा अगाडी बढाउन प्रतियोगीताले सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
१६ बर्षदेखि ३२ बर्ष ननाघेका युवाले प्रतियोगीतामा सहभागीता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि आयोजकले काठमाडौं, पोखरा, विराटनगर, चितवन, धरान जस्ता शहरमा अडिसन समेत गर्दैछ । अडिसनबाट छनौट भएका प्रतियोगीले मात्र अन्तिम स्पर्धामा सहभागिता जनाउन पाउने आयोजक संस्था एक्सपोज नेपालका अध्यक्ष दिनेश शाहीले बताए ।