काठमाडौं, १४ माघ । अब सौन्दर्य प्रतियोगिताको भीडमा ‘वर्ष सुन्दरी’ पनि थपिन्दैछ । यो प्रतियोगिता एभेरेष्ट नेपाल कल्चरले गर्न लागेको जनाएको छ । यस कल्चरले नेपाल, बङ्लादेश तथा ईन्डियाको विभिन्न शहरबाट ‘बर्ष सुन्दरी’ चुन्दै ‘बर्ष सुन्दरी–२०१७’ आयोजना गर्ने जनाएको छ । यो सुन्दरी प्रतियोगिताको क्षेत्रमै फरकशैलीको हुने आयोजक संस्था दाबी छ ।
यसअघि ईन्डियामा मात्रा आयोजना हुने ‘बर्ष सुन्दरी’ प्रतियोगिता गत बर्षबाट बंलादेश र यो बर्षबाट नेपालले पनि आयोजना गर्ने जनाइएको छ । प्रतियोगीताको आधिकारिक पोष्टर समेत सार्वजनिक गरिएको छ । भारत तथा बंलादेशको विभिन्न शहरहरुमा यस प्रेतियोगिताको अडिसन तथा सेलेक्सन राउन्ड हुने कल्चरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस प्रतियोगितामा सहभागी हुनका लागि प्लस–ं२ अध्ययन तथा सोभन्दा माथि शैक्षिक योग्यता, १७ बर्षदेखि ३० बर्षसम्म उमेर हद तोकिएको छ । प्रतियोगिताका लागि फेब्रुअरी १ बाट आवेदन खुल्ने आयोजक संस्थाका संस्थापक अध्यक्ष रामचन्द्र कोइरालाले जनाएका छन् ।