राजेशपायलले यस्तो गाए, ‘चमेली…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १० माघ सोमबार
no img

123

काठमाडौं, १० माघ । अमेरिकामा बस्दै आएकी गीतकार अम्बिका गुरुङद्वारा रचित ‘चमेलीको…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । यस गीतमा नेपाली गायनका ‘भर्सटायल’ गायक राजेशपायल राईको स्वर रहेको छ । यस गीतलाई प्रकाश लेप्चाले संगीतबद्ध गरेका हुन् । लेप्चाकै संगीत संयोजन रहेको यो गीत केही समयअघि सार्वजनिक भएको गीतकार गुरुङको एकल एल्बम ‘भावसागर–२’ मा समावेश छ ।
अमेरिकाकै आकर्षक लोकेशनमा छायांकन गरिएको यस भिडियोमा अभिनेता दीलिप रायमाझी तथा अभिनेत्री सुनिक्ष्ाँ मैनालीले अभिनय गरेका छन् । भरत रेग्मीद्वारा सम्पादन गरिएको यो भिडियोलाई अनिशा के क्ष्ँेत्रीले निर्देशन गरेकी हुन् । मधु ज्ञवाली यो भिडियोका सह–निर्देश्ँक तथा संयोजक हुन् ।
रोमान्टिक शैलीको यो गीतको भिडियोमा अभिनेता रायमाझी तथा अभिनेत्री मैनालीले आकर्षक अभिनय तथा नृत्य गरेका छन् । अमेरिकामै स्थापना गरिएको परि ड्रिम टिमले यो भिडियो प्रस्तुत गरेको हो । भिडियोमा अञ्जान अधिकारी, अशोक कार्की, बिपुल कार्की, डिनुप बराजुली, सागर खनाल, यक्ष दाहाल, इच्छा पोखरेल, इशा दाहाल, मनमाया दाहाल आदि कलाकारले पनि अभिनय गरेका छन् ।
यस्तो छ चमेलीको भिडियो :

Comments