काठमाडौं, १० माघ । ‘मिस कलेज आईकन’ र ‘लिटिल आईकन नेपाल–२०१७’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा देखाएका छन् । यो दुई प्रतियोगिता एएनपी मिडिया हाउसले एकैपटक गर्न लागेको हो, जसको १६ माघमा फाइनल हुँदैछ ।
नयाँ वानेश्वरस्थित होटल रानी महलमा आयोजित ट्यालेन्ट शोमा दुवै प्रतियोगिताका प्रतिस्पर्धीले नृत्य, गायन, वक्तृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको निर्णायक मण्डलमा गोपाल ढकाल (छन्दे), सञ्चारकर्मी सरोज प्याकुरेल, इभेन्ट आयोजक निशुकान्त झा, टिचर आइकनकी विजेता शिल्पी गुप्ता थिए । दुवै प्रतियोगिताको ट्यालेन्टको उपाधि अन्तिम स्पर्धाकै दिन घोषणा गरिने आयोजक संस्थाका प्रवन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए ।
प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ भने काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ ।