बेलायतमा ‘प्रकृति’ भित्रको ‘कुन घुम्तीमा’ छायांकन
screennepal
प्रकाशित: २०७३, ७ माघ शुक्रबार
no img

New Image

कठमाडौं, ७ माघ । बेलायतमा रहँदै आएकी निर्मात्री तथा मोडल रोमियन लिम्बुको एल्बम ‘प्रकृति’को ‘कुन घुम्तीमा’ बोल गीतको भिडियो निर्माण गरिएको छ । उक्त म्युजिक भिडियोलाई लण्डनको विभिन्न शहरमा छायांकन गरिएको छ ।
अत्याधुनिक प्रविधिसहित म्युजिक भिडियो निर्माण गरिएको जनाइएको छ । म्यूजिक भिडियोमा रोमियनका साथमा रितेश चाम्सले अभिनय गरेका छन् ।

111
एन्टरप्रनर तथा पाईलट रितेश चाम्स आफैले म्युजिक भिडियोमा विमान चलाएका छन्  ।  बेलायतमै छायांकन गरिएको चलचित्र ‘ब्ल्याक समर’मा डेब्यु  तथा  ‘ह्याप्पी डेज’मा समेत अभिनय गरिसकेकी उनी नृत्यमा पारंगत मानिन्छन् । रितेशले यसअघि विभिन्न नाटक र छोटा फिल्ममा अभिनय गर्दै फिचर फिल्म सुरुवात गरेका हुन् ।
चलचित्र ‘ब्ल्याक समर’ आउँदो नेपाली नयाँ बर्षताका रिलिज हुने जनाइएको छ । उक्त गीतमा प्रकृति थलङको स्वर, शब्द पूर्ण पाल्पालीको र संगीत कञ्चन थलङको रहेको छ ।

Comments