व्यस्त गिटाररिस्ट सञ्जिव, जो दिनमै दर्जन गीतमा बजाउँछन् !
screennepal
प्रकाशित: २०७३, ४ माघ मंगलवार
no img

काठमाडौं, ४ माघ । धेरैलाई पत्यार नलाग्ला । तर, सञ्जिव सुब्बा एकदिनमै एक दर्जन गीतको रेकर्डिङमा गिटार बजाउन भ्याउँछन् । उनी अहिलेका व्यस्त सेसन गिटारिस्ट हुन् । उनलाई हरेकदिन भ्याइनभ्याई हुन्छ । पर्दा पछाडिका यी व्यस्त कलाकार अर्थात् गिटाररिस्ट भन्छन्, ‘मैले एकैदिनमा १२ वटासम्म गीतमा गिटार बजाएको छु ।’

sanjeev
पृथ्वीनगर–५ झापाका सञ्जिवले गिटार बजाउन सुरु गरेको १३ वर्ष भयो । यस अवधिमा उनले आफूलाई व्यस्त गिटारिस्ट बनाउन सफल भएका छन् । आफ्नो गिटारिस्ट पेसाबारे सञ्जिव भन्छन्, ‘मेरो सानैमा गिटारिस्ट बन्ने इच्छा थियो । त्यही इच्छा पूरा गर्नेक्रममा यहाँसम्म आइपुगेको छु ।’ उनले सुरुमा आफ्नो काका एनपी सुब्बाबाट गिटारको औपचारिक शिक्षा लिएको सुनाए । जो एक कुसल गिटाररिस्ट मात्र नभएर लेक्चरल पनि हुन् ।

sanjeev 1
इच्छा र रहरले गिटारिस्ट बनेका सञ्जिवले यो क्षेत्रलाई पेसा बनाएको भने धेरै भएको छैन । उनका अनुसार सात वर्षमात्र हुँदैछ । झापाबाट राजधानी छिरेपछि विभिन्न संगीत विद्यालयमा गिटारको प्रशिक्षण लिएको सञ्जिवले बताए । उनले राजधानी आएलगत्तै रोशन शर्मालाई गिटार गुरु बनाएको सुनाउँदै भने, ‘त्यसपछि मैले क्यालिडोस्कोपमा प्रशिक्षण लिएँ ।’
सात वर्षयता गिटार सँगै खेल्दै आएका सञ्जिव सांगीतिक समूह ‘ग्लूमी गाइज’को गिटास्टि पनि हुन् । जुन सांगीतिक समूह एक समय युवाको ढुकढुकी बनेको थियो । अहिले पनि उक्त समूहको अस्थित्व राम्रै छ ।
गिटाररिस्ट सञ्जिव विशेषगरी गिटारमा रक, ज्याज तथा फ्युजन बजाउन रुचाउँछन् । र, यसमा उनी दख्खल पनि राख्छन् । म्युजिक एरेञ्जर तथा कम्पोजरसमेत रहेका सञ्जिवले भने, ‘यो मेरो गिटाररिस्ट पेसालाई निरन्तरता दिई नै रहन्छु । मेरो औँलाहरु गिटारकै तारमा सल्बलाई राख्नेछु ।’
पछिल्लो समय गायक÷गायिकाहरुको भन्दा बाद्यवादनमा संलग्न कलाकारले राम्रो आम्दानी गरिहेको बेला सञ्जिवले पनि गिटारलाई नै पेसा मुख्य पेसा बनाएको सुनाए ।

Comments