एमको तहल्कापछि ‘खै कसले…’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २ माघ आईतवार
no img

काठमाडौं, २ पुस । केही समयअघि मात्र ‘तहल्का’ एल्बममा रहेको ‘तहल्कै तहल्का’ गीत स्रोता–दर्शक माझ ल्याएका एम लामाले अहिले ‘कसले’ सार्वजनिक गरेका छन् । नेपाली गीतसंगीतमा विगत एक दशकदेखि रहेका लामाले दर्शक÷स्रोतामाझ ‘तहल्का’ एल्वम लिएर आएका थिए गत महिना । ‘तहल्का’लाई आफ्नो १२–१३ वर्षको फल हो भनेका छन् एमले ।

New Image
‘म्युजिक सम्बन्धि विभिन्न कक्षाहरु लिएर नै पूर्ण रुपमा आफूलाई पोख्त बनाएर यो क्षेत्रमा आएको छु ।’ उनले भने । एल्बममा ‘तहल्का…,’ ‘खै कस्ले…’, ‘म खेलीरहेछु…’, ‘कतै प्यास…’, ‘तिम्रो नजरको…’ र ‘बिहानीको…’ जस्ता छ बटा गीत समावेश गरिएको छ । सुरेश अधिकारी, शंकर थापा, हरि लम्साल र शिखर सन्तोषको संगीत रहेको यो एल्बममा रहेका गीतलाई शितल कादम्बिनी र रावतले लेखेका हुन् ।
युथ क्रिएशनले बजारमा ल्याएको यस एल्बममा रहेको ‘तहल्का…’ले लाखौं भ्युर्अस पाइरहेको छ युट्युवमा । ‘खै कसले…’ पनि दर्शक–स्रोताले त्यतीकै साथ दिने एमको दाबी छ । तहल्काले आफूलाई अझ बढि उत्साहित बनाएको र अन्य गीतका पनि क्रमश भिडियो बनाउँदै जाने उनले बताए । तहल्कालाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् जसमा पुष्प खड्का र शिल्पा पोखरेलले अन स्क्रिन रोमान्स गरेका छन् यसलाई उत्सब दाहलले छायाँकन गरेका हुन् । त्यस्तै खै कसलेलाई आशिक लामाले निर्देशन गरेका छन् जसमा नविन सुवेदी र कृष्टिना थापाको रोमान्स रहेको छ । अंग्रेजी साहित्यमा एम ए गरेका लामा पेशाले भने अध्यापन गर्छन् ।

Comments