म्हेन्दोमाया म्युजिक अवार्डमा ‘तामाङ ठिटी’ उत्कृष्ट
screennepal
प्रकाशित: २०७३, १ माघ शनिबार
no img

काठमाडौ, १ माघ । गायिका तथा मोडल छिमी मम्बाले ‘म्हेन्दोमाया म्युजिक अवार्ड–२०७३’ मा दुई अवार्ड हात पारेकी छन् । पहिलोपटक आयोजित अवार्डमा छिमीले ‘तामाङ ठिटी’ बाट ‘एल्बम अफ दि इयर’ र ‘बेस्ट मोडल’ को अवार्ड आफ्नो पोल्टामा पारेकी हुन् । ‘तामाङ ठिटी’ एल्बममा आरम्भ तामाङको पनि गाएका छन् ।

16106057_10158082363075230_6514252538596517189_n
शुक्रबार राजधानीको जमलस्थित नाचघरमा सम्पन्न कार्यक्रममा हालसम्म रेकर्ड भएका म्हेन्दोमाया भाकाका गीतहरूमध्ये नयाँ र पुरानो गरी दुई समूहमा ३१ विधामा अवार्ड प्रदान गरिएको थियो ।
फेसबुक लाइक र एसएमएस भोटिङका आधारमा उत्कृष्ट छनोट गरिएको भनिएको यो अवार्ड वर्लुम्हेन्दो डिजिटल र कर्च्योल प्रालिले संयुक्त रुपमा आयोजना गरेको हो ।
अवार्ड नयाँ र पुराना गरी दुई समुहमा वितरण गरेको थियो । जसमा हेम वाइबाले नवं एरेन्जर र पुरुष गायकको अवार्ड प्रप्त गरेको छन् । रोशन फ्युबाले सम्पादन र फिलिङ गीतमा अवार्ड जितेका छन् भने नव फिलिङ गीत र नव म्हेन्दोमाया उत्कृष्ट गीतमा सुमन घले, नव सम्पादन र छायाँकनको अवार्ड दिपेन्द्र भट्टले दुई विधामा जितेका हुन् ।

16113894_10158082363310230_5569285585352808226_n
त्यसैगरी नवतर्फ गीतकार चिजा लेकाली, संगीतकारमा सन्दीप स्याम्चेन, गायकमा कृति तामाङ, गायिकामा रितु लामाले जितेका छन् । नव अभिनयतर्फ पुरुषमा अरिन तामाङ र महिलामा बिना लामाले जितिए । निर्देशकमा मुना घले, उत्कृष्ट एल्बममा छिमी मम्बा र नव उत्कृष्ट भिडियोमा पूर्ण तामाङ उत्कृष्ट भए भने पुरानोतर्फ गीतकारमा साइलप वाइबा तामाङ, संगीतकारमा युवि मोग्रेसा, एरेन्जरमा पवान वाङ लामा, गायिकामा रमला पाख्रिनले जितेका हुन् ।
छायाँकनमा प्रकाश वाइबा, निर्देशकमा राज किङ वाइबा, कोरियोग्राफिमा सिंग बहादुर तामाङ, उत्कृष्ट एल्बममा पुष्पा वाइबा र उत्कृष्ट गीतमा राम गोम्जाले अवार्ड जितेका थिए । त्यस्तैगरी अभिनय पुरुषमा आरम्भ तामाङ, महिलामा रुपा एस घलेले अवार्ड पाए ।
म्युजिक कम्पनीको अवार्ड भने ल्हप्साङकर्पो म्युजिक प्रालिले जितेको छ । पब्लिक च्वाइस अवार्डमा डोल्मा माङ्थेन तामाङ र जुरि अवार्ड सञ्जिता नरथेनले जितिन् भने म्हेन्दोमाया गीतसंगीतका स्रस्टा लेक योञ्जन तामाङलाई लाइभ अचिभ्मेन्ड अवार्डले सम्मान गरेको छ । कार्यक्रममा आयोजकको तर्फबाट मिसेस तामाङ–२०१६ का विजेताहरुलाई सम्मान पनि गरिएको थियो ।

Comments