‘म त माया गर्ने मान्छे’ (भिडियो)
screennepal
प्रकाशित: २०७३, २८ पुष बिहीबार
no img

काठमाडौं, २८ पुस । गीतकार तथा पत्रकार शान्तिप्रियको लेखन रहेको ‘म त माया गर्ने मान्छे’ बोल गीतको भिडियो रिलिज भएको छ । सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको छ भने यसमा स्वर प्रमोद खरेलले दिएका छन् । सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गर्नु भएको हो ।
‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको कथाको बारेमा बताए । यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउछन । ‘माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ, यसै भावलाई गीतमा उतारेको छु’ शब्दकार शान्तिप्रियले गीतलाई प्रस्ट्याए ।
गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनी छायाँछवि क्रियसनको युट्युब एकाउन्टमार्फत सार्वजनिक गरिएको छ ।

Comments