दीपेन–मञ्जितालाई ‘सम्झेर फेरी…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २६ पुष मंगलवार
no img

काठमाडौं, २६ पुस । मोडल दीपेन खड्का र मञ्जिता केसीको रोमान्स सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको नयाँ गीत ‘सम्झेर फेरी…’ को भिडियोमा यी दुईको रोमान्स देख्न सकिन्छ ।
ट्राजेटी थिममा तयार पारिएको यस भिडियोमा मोडल दीपेन युवा अर्धवैशे भुमिकामा देखिएका छन् । दीपेन पछिल्लो समय उदाएका मोडल हुन् । छोटो समयमै धेरै म्युजिक भिडियोमा देखिन सफल उनी हरेक महिला मोडलसँग जोडी बाध्न सुहाउँने पुरुष मोडलमा पर्दछन् । अभिनयमा समेत दख्खल दिपेनले यो भिडियोमा पनि तारिफ योग्य काम गरेका छन् ।
गीतमा शंकर देव कडेलको शब्द रहेको छ भने संगीत चिरन्जिबी भण्डारीले दिएका छन् । देबेन्द्र खड्काले निर्देशन गरेको भिडियोमा अम्रितको छायाँकन र माधव बेल्बासेको सम्पादन रहेको छ । गीत सान्नानी एल्बममा भित्र अटाएको छ  ।

Comments