संगीतकार कल्याणकारी कोषलाई तुलाको ५० हजार
screennepal
प्रकाशित: २०७३, २६ पुष मंगलवार
no img

काठमाडौं, २६ पुस । संगीतकार संघ नेपालको संगीतकार कल्याणकारी कोषलाई गायक तथा संगीतकार तुला पर्वतले ५० हजार रुपैयाँ प्रदान गरेका छन् । विदेशमा बस्दै आएका पर्वतले आफ्नी धर्मपत्नी पार्वती कुँवर, छोरी श्रीषा कुँवर र छोराको हातबाट संगीतकार संघलाई रकम हस्तान्तरण गरेकी थिइन् । रकम संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, संगीत कला पत्रकार संघका अध्यक्ष सुृमन बैरागीलाई हस्तान्तर गरिएको थियो ।

bb
म्यूजिक संसार प्रालिको आयोजना तथा संगीत कला पत्रकार संघको संयोजनमा भएको उक्त कार्यक्रममा गायक तथा संगीतकार तुला पर्वतकी छोरी श्रीषा कुँवरले हल्का हल्का बोलको गीत गाएर सुनाएकी थिइन् । उनको गीतसँगै सुरु भएको उक्त कार्यक्रममा रकम हस्तान्तरण पछि बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले तुला पर्वतको कार्यको प्रशंसा गर्दै संगीतकर्मीको हक हितका लागि गरिएको यो महान कार्य सबैले हातेमालो गर्दै कोष बृद्धिमा लाग्नुपर्ने बताएका थिए । अधिकारीले गायिका श्रीषाको स्वरको प्रशंसा गर्दै राम्रो स्वरका कारण स्थापित हुने लक्षण रहेको बताएका थिए ।
त्यसैगरी संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले कार्यक्रमलाई सम्बोधन गर्दै तुला पर्वतको अतुलनीय कार्यले आगामी दिनमा कसैले पनि अकालको मृत्यु रोज्न बाध्य हुनुनपर्ने बताएका थिए । शेषले तुला पर्वतले गरेको महान कार्यमा उहाँको परिवार नै लागेको हुँदा यो मनकारी परिवारप्रति सबैले सद्भाव व्यक्त गर्नुपर्ने बताएका थिए । आगामी दिनमा संगीत कला पत्रकार संघसँग मिलेर कल्याण्कारी कोष निर्माणलगायतका संगीतकारका कामहरु अगाडि बढाउने बताउँदै शेषले कल्याणकारी कोषमा सबैले हातेमालो गर्नुपर्ने बताएका थिए ।

Comments