धनकुटाकी हेमु स्मृतिको ‘ढाका टोपी…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २५ पुष सोमबार
no img

काठमाडौं, २५ पुस । कलाकारितामा करिअर बनाउन चाहने अधिकांश राजधानीमै थुप्रिएका छन् । हुन पनि राजधानी धेरैका लागि सपनाको सहर हो । तर, कोही यस्ता कलाकार पनि छन्, जो मोफसलमै संघर्ष गरिरहेका छन् । यस्तै एक उदाहरण हुन्, गायिका हेमु स्मृति चोङ्बाङ । हेमुले धनकुटामै बसेर गायन करिअरलाई अगाडि बढाइरहेकी छन् ।

hemu-1
२०७० सालदेखि गायन करिअर प्रारम्भ गरेकी हेमुले धनकुटामै बसेर ‘मनको तारा’ नामक गीति एल्बम पनि श्रोता तथा दर्शकलाई पस्किसकेकी छन् । तर, अबका दिनमा भने उनले पनि राजधानीमा बसेर कलाकारिता गर्ने सोच बनाएकी छन् । आफ्नो एल्बमको ‘ढाका टोपी’ बोल गीतको भिडियो रिलिजबारे कुराकानी गर्दै स्क्रीन नेपालसँग हेमुले भनिन्, ‘यहाँ बसेर जति संघर्ष गरेपनि केही नहुने रहेछ । त्यसैले अब राजधानीमै बसेर संघर्ष गर्ने सोचमा पुगेकी छु ।’

hemu
हेमुले ‘ढाका टोपी’ गीतको भिडियो केही दिनअघि मात्र सार्वजनिक गरेकी हुन् । समीर सिंगकको शब्द तथा संगीत रहेको यस पुर्वेली लोकभाकाको गीतमा हेमुलाई स्वरमा समीरले नै साथ दिएका छन् । रुपकी समेत धनी हेमुको स्वरमा आफ्नो माधुर्य झल्काएकी छन् । पुर्वकै विभिन्न स्थानमा छायांकन गरिएको यस गीतको भिडियोमा दिलिप केरुङ र मेरिना तुम्साले अभिनय गरेका छन् । जसलाई राकेश किरातीले निर्देशन गरेका हुन् । यस सुन्दर भिडियोलाई शिरकुमार साम्पाङले छायांकन तथा सम्पादन गरेका हुन् ।
साथै, हेमुले आफ्नो एल्बमको अर्को पनि भिडियो सर्वजनिक गरेकी छन् । जुन गीतको बोल रहेको छ, ‘जुन टिप्न सक्दिनँ म’ । यसका अलावा पनि उनले धनकुटामै बसेर चलचित्रको गीत समेत गाउन भ्याएकी छन् । उनले ‘मोटे मोटी मोटे’ नामक कमेडी चलचित्रमा ‘तिमीलाई आफ्नो मान्छे…’ बोलको गीत गाएकी छन् । जुन चलचित्र चाँडै रिलिज हुँदैछ ।

Comments