एसएमएस भोट माग्दै ‘म्हेन्दोमाया गायिका’ छिमी
screennepal
प्रकाशित: २०७३, २३ पुष शनिबार
no img

काठमाडौं, २३ पुस । ‘म्हेन्दोमाया गायिका’ का रुपमा चर्चित गायिका छिमी मम्बा तामाङ ‘म्हेन्दोमाया म्युजिक अवार्ड–२०१७३’ मा तीन विधामा नोमिनेशनमा परेकी छन् । पहिलोपटक आयोजना हुन गइरहेको यस अवार्डमा ‘तामाङ ठिटी’ एल्बमबाट नोमिनेशनमा परेकी हुन् । उनी ‘बेस्ट एल्बम म्हेन्दोमाया’ लगायतका विधामा परेकी छन् । कस्यौल मिडिया र बल्र्हु म्हेन्दो डिजिटल प्रालिले संयुक्त रुपमा आयोजना हुने यस अवार्ड २९ पुसमा हुँदैछ ।

15822569_550713275122219_764554861359372456_n
अवार्डको दिन नजिकिँदै जाँदा नोमिनेशनमा परेका कलाकारले आफूलाई भोटिङ गर्न आव्हन गरिरहेका छन् । त्यस्तै, छिमीले पनि आफूलाई अवार्ड जिताउन आफ्ना शुभचिन्तक तथा फ्यानसँग भोट मागेकी छन् । पहिलोपटक आयोजना हुन गइरहेकाले पनि यस अवार्डप्रति आफ्नो चासो रहेको छिमीले बताइन् ।

mh
म्हेन्दोमाया धादिङ, रसुवा र नुवाकोटमा गाइने तामाङ सुमदायको लोकप्रिय भाका हो । धादिङकी छिमीले म्हेन्दोमाया गाएरै आफूलाई गायनमा स्थापित गरेकी हुन् । यही म्हेन्दोमाया भाकालाई व्यापकता दिन यो ऐतिहासिक अवार्ड आयोजना गर्न लागेको आयोजकको भनाइ । आयोजकका अनुसार अहिलेसम्म जतिपनि म्हेन्दोमाया भाका रेकर्ड भएर सार्वजनिक भए, ती सबैलाई समेट्ने प्रयास गरिएको जनाइएको छ ।

छिमीलाई एसएमएस भोट दिन  म्यासेस इन्बक्समा गएर

KB > NBV A>sand to 33001

KB > NBA A>sand to 33001

KB > NBSF D>sand to 33001

 

 

Comments