प्रशिक्षणमा ‘किन्डरगार्टेन ग्लोरी नेपाल’ प्रतियोगी
screennepal
प्रकाशित: २०७३, २१ पुष बिहीबार
no img

काठमाडौं, २१ पुस । ‘किन्डरगार्टेन ग्लोरी नेपाल–२०१७’ का प्रतियोगीहरु यतिबेला प्रशिक्षणमा व्यस्त छन् । जी. इलेभेन नेपालले पहिलोपटक आयोजना गर्न लागेको यस प्रतियोगितमा ४० विद्यालयका ३२ जना छात्र–छात्रा सहभागी छन् । उनीहरुलाई मोडल तथा कोरियोग्राफर विपना थापाले गु्रमिङलगायत आत्मविकासबारे प्रशिक्षण दिइरहेकी छन् ।

15870625_1770021489990813_2059696174_n
कार्यक्रमका संयोजक भक्त राईका अनुसार प्रतियोगीहरुलाई स्थलगत भ्रमण, ¥यामवाक, उद्घोषण, डान्स, फोटोसेशन, शैक्षिक भ्रमण, अनुशासन तथा व्यक्तित्वविकाश, पव्लिक स्पिकिङजस्ता गु्रमिङ दिँदै आएको छ ।
प्रतियोगितामा विजेता तथा फस्ट रनरअप, सेकेन्ड रनरअप र पब्लिक च्वाईसलाई क्रमशः २० हजार, १५ हजार, १० हजार र ५ हजार एवं गिफ्ट ह्याप्पर प्रदान गरिने बताइएको छ । प्रतियोगिताको फाइनल ७ माघमा राजधानीमा हुनेछ ।

Comments