चौथो संस्करणका लागि ‘मिस नर्स’ खोजी सुरु
screennepal
प्रकाशित: २०७३, २१ पुष बिहीबार
no img

काठमाडौं, २१ पुस । चौथो संस्करण ‘मिस नर्स नेपाल २०७३’ आयोजना सुरु भएको छ । ‘सशक्त महिला सवल राष्ट्र’ भन्ने नारा सहित स्वास्थ्य पेसासँग सम्बन्धित एक मात्र सामाजिक सौदर्य प्रतियोगिता मिस नर्सको आवेदन खुल्ला गरिएको छ ।

ners
आयोजक नेक्स्ट मोडल्स् नेपालले मंगलबार एक बिज्ञाप्ती जारी गर्दै ‘मिस नर्स नेपाल २०७३’का लागि आवेदन खुल्ला भएको जानकारी गराएको हो । नसिङ पेसा रोजेका र रोज्ने प्रयासमा रहेका ब्याक्तिको ब्यक्तित्व बिकाश गरि सामाजिक काम प्रति उत्तर दाइत्व बहन गराउँने उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । आवेदन फारम नेक्स्ट मोडल्स् नेपालको अनामनगरस्थित कार्यलय (फोन नम्बर ०१४२५३२७२) तथा नेक्सट् मोडल डटकममा उपलब्ध हुनेछ ।
प्रतियोगीताको प्रारम्भिक छनौट देशका बिभिन्न स्थान बेष्ट क्यान्सर सम्बन्धि जन चेतना र हेल्थ क्याम्प सहित आयोजना हुनेछ । प्रारम्भिक चरणमा छानिएका प्रतियोगीलाई अन्तिम स्पर्धाका लागि संन्चार कला, बिकाश मोटिभेसन, लिडरसिप ,डेङ सेन्स , पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण दिइने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।
आयोजक नेक्स्ट मोडल्ससँग मिलेर नेपाल बेष्ट क्यान्सर फाउन्डेसनले संयोजन गर्न लागेको प्रतियोगीतामा देशभरका ४ दर्जन नर्सिङ कलेज तथा एकसय भन्दा बढि अस्पतालमा कार्यरत नर्सहरुको उत्साहजनक सहभागिता रहँने आयोजकको दाबी छ ।
प्रतियोगीताको बिजेताले नगद रु १ लाखको साथमा नेप्कम्स स्टडिजबाट फर्दर अष्ट्रेलिया अध्यायनका लागि छात्रा बृतिका साथै नेपाल बेष्ट क्यान्सर फाउन्डेशनको गुडबिल एम्बेसडर बन्ने अवासर प्राप्त गर्नेछन् ।

Comments