समुद्री तटमा निलम–गम्बुको ‘पटुकी झैं…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २१ पुष बिहीबार
no img

nilam

काठमाडौं, २१ पुस । धेरैलाई थाहा छ निलम रोजु राई संगीतकार तथा गीतकार हुन् । तर, कमैलाई थाहा छ उनी राम्रो गायिका पनि हुन् । यिनै संगीतकार, गीतकार तथा गायिका निलमले गाएको ‘पुटुकी झैं…’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । निलम र गम्बु शेर्पाको स्वर रहेको यस गीतको भिडियोलाई अमेरिकाको समुद्री तटमा छायांकन गरिएको छ । निलमकै संगीत रहेको ‘पप गीत’ को क्याटगोरी दिइएको ‘पटुकी झैं…’ गीतको शब्दरचना भने तुलसी बस्नेतले गरेका हुन् ।
ओम कर्माचार्यको निर्देशन तथा सम्पादन रहेको यस भिडियोमा गायक गम्बु र क्षिरिङ शेर्पाले अभिनय गरेका छन् । अमेरिकामा निर्माण गरिएकाले होला भिडियोमा केही बोल्ड दृश्य पनि राखिएको छ । ओम मेगा अडियो तथा भिडियो प्रोडक्शनको पोस्ट प्रोडक्शन रहेका यस भिडियोलाई गम्बुले नै छायांकन गरेका हुन् । यस गीतको भिडियोलाई यु–ट्युबमा दर्शकले निकै रुचाएका छन् । (भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला)

https://www.youtube.com/watch?v=3meZTAMVsCM

Comments