अमेरिकाबाट आएर झपामा गुञ्जिए दीपेन !
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
no img

d3

काठमाडौं, २० पुस । गायक दीपेन गुरुङ केही सातायता नेपालमा छन् । पछिल्लो केही समयदेखि अमेरिकामा बस्दै आएका दीपेन नयाँ एल्बमका लागि नेपाल आएका हुन् । यसै समयमा उनले विभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्न समेत भ्याए । यसैक्रममा हालै दीपेन तमु ल्होसारको अवसरमा झापाको डोमालाल रंगशालामा आयोजित सांगीतिक कार्यक्रममा प्रस्तुत भए । जहाँ उनी गुरुङ कल्चरकै भेषमा थिए ।

d2
झापाबाट राजधानी फर्केपछि गायक दीपेनले भने, ‘झापाको कार्यक्रममा बबाल भयो ।’ उनले त्यहाँ एक आफ्नो नयाँ गीत पनि प्रस्तुत गरेको सुनाए । दीपेनले झापामा आफ्नो नयाँ गीत ‘त्यो डाँडा पारी’ गाएका थिए । त्यससँगै जम्मा नौवटा गीत गाएको उनले सुनाए । केही महिनाअघि मात्र ‘प्रतिक’ एल्बम सार्वजनिक गरेका दीपेनले भने, ‘चाँडै तेस्रो एल्बम ल्याउँदैछु ।’
d

Comments