सांगीतिक क्षेत्रमा सानदार इन्ट्री गर्दै विनम
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
no img

binam

काठमाडौं, २० पुस । नेपाली सांगीतिक क्षेत्रमा एक उदयमान गायन प्रतिभाको प्रवेश भएको छ । यी उदयमान प्रतिभा हुन्, नवगायक विनम राई । इलामका विनम गीति एल्बम ‘प्रयास’मार्फत नेपाली सांगीतिक क्षेत्रमा इन्ट्री गर्दैछन् । जसले आफूलाई सांगीतिक क्षेत्रमा चिनाउने उनको विश्वास छ ।
हाल ‘प्रयास’ एल्बमकै गीत रेकर्डिङमा राजधानीमा व्यस्त रहेका विनमले भने, ‘भएको आफ्नो गायन प्रतिभालाई गीति एल्बम ‘प्रयास’मार्फत श्रोता तथा दर्शकमाझ ल्याउँने प्रयास गरेको हुँ ।’ उनले केही दिनमै एल्बमको ‘थोरै रिस धेरै माया’ बोलको भिडियो सार्वजनिक गर्ने बताए । जुन गीतको शब्दरचना उनकै रहेको छ भने संगीत अहिलेका व्यस्त संगीतकार टंक बुढाथोकीले गरेका छन् ।

binam-rai
हुन त विनमको यसअघि पनि एक गीत सार्वजनिक भइसकेको छ । जुन गीत यु–ट्युबमा निकै रुचाइएको पनि थियो । तर, सो गीत आफ्नो नाममा नआएको उनले गुनासो गरे ।
विनमले दुई साभित्र ‘प्रयास’ लाई सार्वजनिक गर्ने पनि बताए । उनले भने, ‘तीनवटा गीत तयार भइसकेको छ । अब चाँडै एल्बम तयार हुन्छ ।’  विनमको स्वरमा एक फरक किसिमको दम्भ छ । त्यसैले पनि उनलाई पहिलो एल्बमले नै सांगीतिक क्षेत्रमा स्थापित गर्ने लक्ष्य देखिन्छ । हुन त विनम पनि आशावादी छन् । उनी भन्छन्, ‘गीतसंगीत क्षेत्रमा केही गरौं भनेरै आएको हुँ ।’

Comments