मेलिना राईको ‘चित्तामाथि जल्दा तिमी…’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, २० पुष बुधबार
no img

melina

काठमाडौं, २० पुस । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईको एक नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । विशेषगरी रोमान्टिक गीतमार्फत चर्चामा आएकी मेलिनाले यसपटक भने ट्राजिटी अर्थात् वियोगात्ममक गीत गाएकी छन् । गीतको बोल रहेको छ, ‘चित्तामाथि जल्दा तिमी…’ ।
यस गीतको भिडियोलाई आर एण्ड एस म्युजिक कम्पनीले यु–ट्युकमार्फत सार्वजनिक गरेको हो । यस भिडियोलाई रिलिज गरिएको २४ घण्टा नवित्दै करिब ६ हजारले हेरिसकेका छन् ।
यस गीतलाई वैदेशिक रोजगारीमा कुवेतमा रहेको साजन तामाङले लेखेका हुन् । गीतकारले यस गीतलाई आफ्नो वास्तविक जिवनसँग मेल खाने बताएका छन् ।
गायक तथा संगीतकार विनोद खम्बुको संगीत रहेको यस गीतको भिडियोलाई राकेश किरातीले निर्देशन गरेका हुन् । जसमा रोमा लिम्बू र सलिम राईले अभिनय गरेका छन् । शिरकुमार साम्पाङको छायांकन रहेको यस भिडियोलाई बुद्ध थापा मगरले सम्पादन गरेका हुन् ।  भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

Comments