श्रोतालाई सञ्जुको ‘हुक्सोदिङ सेवा’ (भिडियोसहित)
screennepal
प्रकाशित: २०७३, १९ पुष मंगलवार
no img

काठमाडौं, १९ पुस । अमेरिका निवासी गायिका सञ्जु लिम्बूको आवाज रहेको ‘हुक्सोदिङ सेवारो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
‘हुक्सोदिङ सेवा’ एल्बममा समाविष्ट उक्त गीतको भिडियोलाई पछिल्लो समयका व्यस्त युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफिमा तयार भिडियोमा कोरियोग्राफि भने सन्तोष राजवाहकको रहेको छ । उषा लिङदेन र दिनेश थापाको उत्कृष्ट अभिनयलाई देख्न सकिने भिडियोमा मुकेश सुहाङ निर्माताको रुपमा रहेका छन् ।
गीतमा यादन शेर्माको शब्द तथा संगीत रहेको छ । सुमधुर स्वरकी धनी सञ्जुले दुई दर्जभन्दा बढी आधुनिक गीतमा आवाज दिइसकेकी छन् ।

https://www.youtube.com/watch?v=lie0891oUEU&feature=youtu.be

Comments